तिनाउ खोलामा बगाएको जिपका चार यात्रु तीन दिनसम्म अझै बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
तिनाउ खोलामा बगाएको जिपका चार यात्रु तीन दिनसम्म अझै बेपत्ता

सारांश

  • पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु तीन दिनसम्म अझै फेला परेका छैनन् ।
  •  पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज १७१२ नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष तिनाउ खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
  • पाल्पामा वर्षाका कारण खोलामा पानीको बेग बढेकाले बेपत्ताको खोजी कार्य सफल हुन नसकेको हो ।

पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु तीन दिनसम्म अझै फेला परेका छैनन् । पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज १७१२ नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष तिनाउ खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पाल्पामा वर्षाका कारण खोलामा पानीको बेग बढेकाले बेपत्ताको खोजी कार्य सफल हुन नसकेको हो । प्रहरीले जिपको सिट भेटाए पनि जिप र चार यात्रु अझै फेला पार्न नसकेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले तिनाउ खोलाको चरचरे, झुम्सा र अमलेनमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका नायब प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी गराए ।

तानसेन नगरपालिकाको भुसलडाँडा बस्ने २६ वर्षीया उषा श्रेष्ठ, माथागढी गाउँपालिका–१ का २३ वर्षीय तिलविर गाहा, सोही स्थानका ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुवर मगरलाई आइतबारदेखि तिनाउ खोलामा बगाएको हो । गाडी चालक शक्ति श्रेष्ठको भने उद्धार गरी ज्यान जोगिएको छ ।

तीनदिन अघिसम्मको अविरल वर्षाका कारण माडी क्षेत्र डुबानमा परेको छ । तानसेन नगरपालिकाका तीन घर अति जोखिममा रहेका छन् । पाल्पाको माडी क्षेत्रमा वर्षेनी डुबानको समस्या हुने र पुलमा मानिस बगाउँदै आएको स्थानीय बासिन्दा बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?