गोली प्रहारबाट१९ जनाको मृत्यु, १२ बढि घाइते
सारांश
- रुसको नियन्त्रणमा रहेको क्रेमियाको एक क्याम्पसमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।
- १२ जनाभन्दा बढि घाइते भएका छन् ।
- रसिया नियन्त्रित क्रेमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षका एक विद्यार्थीले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।
रुसको नियन्त्रणमा रहेको क्रेमियाको एक क्याम्पसमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । १२ जनाभन्दा बढि घाइते भएका छन् । रसिया नियन्त्रित क्रेमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षका एक विद्यार्थीले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । १८ वर्षीय विद्यार्थी भ्लादिस्लाभ रोसल्याकोभले कक्षा कोठामा पुगेर अन्धाधुन्ध गोली चलाएका स्थानिय अधिकारीलाई उधृत गर्दै समाचारसंस्था रोयटर्सले लेखेको छ । रोसल्याकोभले कलेजको क्यान्टिन क्षेत्रबाट आक्रमण सुरु गरेका थिए ।
आक्रमणकारीले पुस्तकालयमा पुगेपछि उनले आफैमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अनुसन्धानकर्ताले बताएका छन् । रोसल्याकोभले आफ्नै क्याम्पसमा आक्रमण गर्नुको उद्देश्य तथा कारण नखुलेको समाचारमा जनाइएको छ । क्याम्पसमा भएको अन्धाधुन्ध गोली प्रहार सम्बन्धी घटनाको विस्तृत अनुसान्धान भइरहेको रसियाको प्रहरी अधिकारीले बताएका छन् ।क्रेमियामाथि सन् २०१४ मा रसियाले नियन्त्रण जमाएको हो । रसियाको उक्त कदमको अधिकांश पश्चिमा शक्तिले विरोध गरेका थिए ।
प्रतिक्रिया