चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २६, २०७९
|
|
२४ पटक हेरिएको
Shares
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन

सारांश

  • चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन हुने भएको छ ।
  • नेपाल टेलिभिजनमा प्रसारण भएको निक्कै लोकप्रिय हास्य धारावाहिक ‘हिजो आजका कुरा’ बाट नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो।
  • पारिवारिक कथामा निर्माण भएको चलचित्रको मुख्य जोडीका रूपमा सन्तोष पन्त र रमा थपलिया शीर्ष भूमिकामा छन्।
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन हुने भएको छ ।
नेपाल टेलिभिजनमा प्रसारण भएको निक्कै लोकप्रिय हास्य धारावाहिक ‘हिजो आजका कुरा’ बाट नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो। पारिवारिक कथामा निर्माण भएको चलचित्रको मुख्य जोडीका रूपमा सन्तोष पन्त र रमा थपलिया शीर्ष भूमिकामा छन्। त्यस्तै केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त लगायतको समेत मुख्य भूमिका रहेको छ।
रवि सयामीले छायांकन गरेको चलचित्रलाई विनय कंसकारले सम्पादन गरेका हुन्। सन् १९९५ देखि २०१३ सम्म लगातार १३ बर्ष सम्म ६९९ शृंखला धारावाहिक रुपमा चलेको चर्चित टेली चलचित्र हो ।
शाकार पन्तद्वारा निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ लामो समय हास्य टेलिश्रृंखलाका रुपमा टेलिभिजनमा प्रसारण भएको ‘हिजो आजका कुरा’को नाममा फिचर फिल्म निर्माण गरिएको हो ।
चलचित्रले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठान गरेको छ ।
नोभेम्बर र डिसेम्बर भरि यो चलचित्र क्यानडा र अमेरिकामा प्रदर्शन हुनेछन । भर्जिनियाको फेयरफ्याक्स स्थित सिनेमार्ट्स थेटरमा आगामी १३ नोभेम्बर ४:१५ मिनेटमा प्रदर्शन हुनेछ ।
Mark the date: 13th November, 04:15 pm.
Venue: CINEMA ARTS THEATER
9650 MAIN ST, FAIRFAX, VA 22032

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?