गोविन्दराज जोशीको आक्रोस ,निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
गोविन्दराज जोशीको आक्रोस ,निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक ।

सारांश

  • १९ कात्तिक, तनहूँ ।
  • निर्वाचन आयोगद्धारा उम्मेदवारी रद्ध गरिएका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस नेता गोविन्दराज जोशीले निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक र असम्वैधानिक भएको प्रतिक्रिया दिएका छन् ।
  • आइतवार दमौलीमा पत्रकार सम्मेलन गरी जोशीले निर्वाचन आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी गरे ।

१९ कात्तिक, तनहूँ । निर्वाचन आयोगद्धारा उम्मेदवारी रद्ध गरिएका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस नेता गोविन्दराज जोशीले निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक र असम्वैधानिक भएको प्रतिक्रिया दिएका छन् ।

आइतवार दमौलीमा पत्रकार सम्मेलन गरी जोशीले निर्वाचन आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी गरे ।

आयोगमा उजुरी दिने रामचन्द्र पौडेलका विषयमा भने जोशीले कुनै टिप्पणी गरेनन् । उम्मेदवारी रद्ध भयो भन्ने बारेमा सञ्चारमाध्यमबाट सुनेको तर आयोगले अहिलेसम्म कुनै जानकारी नगराएको उनको भनाई छ ।

निर्वाचन आयोग प्रति भने जोशीले रोष प्रकट गरे । ‘निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष भएन, सत्ताको प्रभाव र दवावमा पर्‍यो ।’ जोशीले थपे, ‘कुनै उम्मेदवारविरुद्ध उजुरी परेमा सात दिनको म्याद दिएर स्पष्टीकरण लिने प्रावधानको खिल्ली उडाउँदै स्पष्टीकरणको मौका समेत दिइएन ।’

आयोगको निर्णयका विरुद्धमा के गर्ने भन्ने बारेमा कानुनविदहरुसँग छलफल गरिरहेको उनले जानकारी दिए ।

चुनाव अदालतले गर्ने नभई आयोगले गर्ने हुँदा आयोगको निष्पक्षतामाथि विश्वास उडेकोसमेत उनले बताए ।

तनहूँ क्षेत्र नम्बर १ मा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दिएका जोशीबिरुद्ध पौडेलले उम्मेदवार हुन अयोग्य भएको दावीसहित निर्वाचन आयोगमा उजुरी दिएका थिए । उजुरीउपर आयोगले उनको उम्मेदवारी रद्ध गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
दशैंको मुखमा किन गरे पूर्वसांसदले आत्महत्या ?
दशैंको मुखमा किन गरे पूर्वसांसदले आत्महत्या ?
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
मन्त्री पोखरेलको काँग्रेसलाई सुझाव ‘डा. केसीको नाममा राजनीति नगरौ’
भवन निर्माणका लागि जग्गा उपलब्ध
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक