गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०८०
|
|
३४ पटक हेरिएको
Shares
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

सारांश

  • रसुवा।
  • जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ।
  • मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन्।

रसुवा। जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन्।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए। अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन् । थोर बहुतयात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए।

गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ।

गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

समग्रको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यात्रुले ल्याएका सवारी साधनको पार्किङ व्यवस्था गोसाइँकुण्ड गाउँपालिकाले गरेको छ।रासस

(https://gunnewsdaily.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या
इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
चिसोले राउटे बालबालिका बिरामी पर्न थाले
चिसोले राउटे बालबालिका बिरामी पर्न थाले
गैडाको खाग तस्करीका नाइके पक्राउ
गैडाको खाग तस्करीका नाइके पक्राउ
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते
धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते
ट्युवेलको पानीले लियाे ज्यान
ट्युवेलको पानीले लियाे ज्यान