इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०८०
|
|
१९ पटक हेरिएको
Shares
इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या

सारांश

  • काठमाडौं ।
  • प्यालेस्टाइनी आतंकबादी समूह हमासले इजरायल क्षेत्रबाट अपहरण गरेका १३ जनाका हत्या गरेको छ ।
  • हमास समूहले इजरायलले अक्टोबर ७ मा आक्रमण गर्ने क्रममा १५० भन्दा मानिसहरुलाई नियन्त्रणमा लिएको थियो ।

काठमाडौं । प्यालेस्टाइनी आतंकबादी समूह हमासले इजरायल क्षेत्रबाट अपहरण गरेका १३ जनाका हत्या गरेको छ । हमास समूहले इजरायलले अक्टोबर ७ मा आक्रमण गर्ने क्रममा १५० भन्दा मानिसहरुलाई नियन्त्रणमा लिएको थियो ।

इजरायली हवाई हमलामा अपहरणमा परेका १३ जना मारिएको हमास समूहले दाबी गरेको छ। हमासको सैन्य समूहले पछिल्लो २४ घण्टामा विदेशीसहित १३ जना अपहरणमा रहेका बन्धक मारिएको दाबी गरेको हो।

अपहरणमा लिएका इजरायलीसहित विदेशी नागरिकलाई विभिन्‍न स्थानमा राखिएको र पाँच स्थानमा राखिएका १३ जना इजराली हवाई हमलामा मारिएको हमास समूहले दाबी गरेको छ ।

यसअघि हमास समूहले इजरायली सेनाले आक्रमण निरन्तर जारी राखेको अवस्थामा अपहरणमा लिइएका बन्धकहरुलाई लाइभ देखाएर हत्या गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?