ट्युवेलको पानीले लियाे ज्यान

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
ट्युवेलको पानीले लियाे ज्यान

सारांश

  • धनुषा, २१ साउन ।
  • ट्युवेलको पानी थापेर लगेको बिषयलाई लिएर धनुषामा झगडा हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
  •    जनकपुर उपमहानगरपालिका–१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको मृत्यु भएको हो।

धनुषा, २१ साउन । ट्युवेलको पानी थापेर लगेको बिषयलाई लिएर धनुषामा झगडा हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।   जनकपुर उपमहानगरपालिका–१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको मृत्यु भएको हो। घटनामा उनका छोरा सोगारथ गम्भीर घाइते भएका छन्।

स्थानीय ५० वर्षिय अरुणकुमार यादव र उनका ३० बर्षीय छोरा अतिसुन्दर यादवले उनीहरुलाई चक्कु प्रहार गरेकाे बताइएकाे छ। दुवै जनालाई पक्राउ गरिएको धनुषाका एसपी गोविन्द थपलियाले बताए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका रामबृक्षको उपचारको क्रममा जनकपुर अञ्चल अस्पताल मा मृत्यु भएको छ भने छोरा राम सोगारथको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी ले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?