गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?

सारांश

  • निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन ।
  • २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो ।
  • घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो ।

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन ।

२३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो ।

घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा सात सदस्यीय छानबिन कमिटी गठन गरेको थियो । स्रोतका अनुसार समितिले गोली प्रहार गर्न चार जना खटिएको निष्कर्ष निकाल्दै सम्भावित अभियुक्तको स्केचसमेत बनाइसकेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार भारतमा बसी असुली धन्दा चलाइरहेका मनोज पुनको समूहले नै गौचनको हत्या गरेको निष्कर्षमा त प्रहरी पुगेको छ तर त्यसका पर्याप्त आधार भने जुटाइसकेको छैन । प्रहरीका अनुसार हत्यामा नाइन एमएमको पेस्तोल प्रयोग भएको थियो ।

गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथिको गोली प्रहारमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । यस आधारमा पनि प्रहरीले गौचन हत्यामा मनोज पुन समूहको संग्लनता रहेको निष्कर्ष निकालेको हो ।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?