समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
  • तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे।

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन् । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे।

‘अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने । अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उनले यसलाई लयमा ल्याइने बताए । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररुपमा छलफल भइरहेको उनको भनाइ छ ।

‘गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हालिसक्नुभएको छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा बृहत् छलफल गर्दैछौँ ।’

अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरुपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । ‘हामी अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न ठोस कदम चाल्छौँ’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकको लालपूर्जा व्यक्तिको नाममा
सडकको लालपूर्जा व्यक्तिको नाममा
सामान पास गर्न सजिलो बनाइदिन्छु भन्दै घुस खाने प्रहरीलाई भ्रष्टाचार मुद्दा
सामान पास गर्न सजिलो बनाइदिन्छु भन्दै घुस खाने प्रहरीलाई भ्रष्टाचार मुद्दा
विकिनीमा खुलेकी स्मृति
विकिनीमा खुलेकी स्मृति
विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे
विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे
निर्माण व्यवसायीले दसैंअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी पाउने
निर्माण व्यवसायीले दसैंअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी पाउने
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
टीभीएस रमाइलो दौड सम्पन्न
टीभीएस रमाइलो दौड सम्पन्न
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
मुख्यमन्त्री कार्कीले भने :  बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
मुख्यमन्त्री कार्कीले भने : बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल

तपाईंले छुटाउनुभयो कि?