अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
सारांश
- हेटौडा, २८ साउन ।
- प्रदेश न ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले नेपाली युवाहरुमा काम भन्दा गफ गर्ने र अल्छिपनको विकास भएको भन्दै अब गफको भरमा देश विकास नहुने बताएका छन्।
- आज १९ औ अन्तरास्ट्रिय युवा दिवसको अवसरमा हेटौडामा भएको कार्यक्रममा बोल्दै मन्त्री दुलालले उक्त कुरा बताउनु भएको हो।
हेटौडा, २८ साउन । प्रदेश न ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले नेपाली युवाहरुमा काम भन्दा गफ गर्ने र अल्छिपनको विकास भएको भन्दै अब गफको भरमा देश विकास नहुने बताएका छन्। आज १९ औ अन्तरास्ट्रिय युवा दिवसको अवसरमा हेटौडामा भएको कार्यक्रममा बोल्दै मन्त्री दुलालले उक्त कुरा बताउनु भएको हो।
मन्त्री दुलालले ठुला ठुला स्वरमा बिरोध गर्दैमा युवा र क्रान्तिकारी नहुने बताउदै वहाले गफ गर्ने समयलाई उद्यममा लगानी गर्ने हो भने कुनै नेतालाई गाली गर्नै नपर्ने स्पस्ट पारे। हामी कहाँ उमेरको आधारमा युवा र बृद्द छुट्याउने परिपाटी रहेको भन्दै वहाले हामीकहा २५ बर्षका बूढा र ६० बर्षका युवा सोच भएका मानिस भएकोले उमेरले हैन सोचले युवा र बूढा भनेर परिभाषित गरिनु पर्ने बताए। प्रदेश सरकारले युवा उद्दमशिलता बिकासको लागि बिभिन्न योजनाहरु निर्माण गरेको बताउदै उनले सहि सोच र इच्छाशक्ती भएका युवाहरुले अब विदेश गएर श्रम गर्न नपर्ने बताए।
१९ औ अन्तरास्ट्रिय युवा दिवस मूल आयोजक समितिका संयोजक तथा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई मकवानपुरका शम्भु प्रसाद पौडेलले नेपालमा युवा बिकासका लागि भएका नीतिगत , संस्थागत र कानुनी प्रयासहरुको बारेमा जानकारी गराउनुका साथै गुणस्तरीय र व्यवसायिक शिक्षाको बारेमा प्रकाश पार्नु भएको थियो।
हाल मकवानपुरमा पाच वटा बिद्यालयहरुमा कक्षा ९ देखि नै प्राबिधिक शिक्षा दिदै आएको बताउदै उनले नेपाल सरकारले आत्मनिर्भर ,स्वरोजगार र व्यवसायिक खालका शिक्षा नीति बढाउदै गएको बताउनु भयो। यसको साथै युवा परिचालन सहभागिता र नेतृत्व बिकासको बिषयमा जीवन शर्मा र खेलकुद तथा मनोरन्जनको बिषयमा राजन दाहालले प्रस्तुती दिएका थिए। कार्यक्रममा उपस्थित युवाहरुले मन्त्री दुलालसंग युवासँग सम्बन्धित जिज्ञासाहरु राखेका थिए।
Feroz Shrestha
We are watching your every steps .