ग्राण्ड फिनालेमा बुद्ध लामा बने पहिलो नेपाल आइडल’

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
ग्राण्ड फिनालेमा बुद्ध लामा बने पहिलो नेपाल आइडल’

सारांश

  • बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् ।
  • शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।
  • उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् ।

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।

उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने ।

निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् ।

एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारे ।  अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।

को हुन् बुद्ध ?

२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुर्ख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो ।

बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनका बुबा आमाको स्वर पनि राम्रो छ । उनीहरु गाउँमा गीत गाउनेको नाममा चिनिन्छन् ।

आफ्नो बिद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै उनले सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा होस्टे गरिरहृयो । उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन ।

दिदी भिनाजुको मार्गदर्शनमा उनले त्रिवेणी संगीतालयमा संगीत सिक्न थाले । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन-२०११’मा चौथो भए ।

चार वर्षअघि उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भयो ।

गएको वर्ष पोखराको महेन्द्र माविबाट एसईई परीक्षा उत्तिर्ण गरेका उनले त्यसपछि टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । साथै पोखराकै गुरुकुल संगीतालयमा संगीत सिकिरहेका छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kamala Khanal

    badhae x

    Comment Author

    Bipana Yakha

    Badai x vai

    Comment Author

    Gita Karki

    Badhai xa vai agha pargati unnati gardai janu l,

    Comment Author

    Maya Nepal

    Cong .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते
कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन
कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन
काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा
काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा
पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिमारी
पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिमारी
सुरक्षा माग्दै कर्णालीका जनप्रतिनिधि
सुरक्षा माग्दै कर्णालीका जनप्रतिनिधि
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
राष्ट्रपतिसँग माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताको भेटवार्ता: नागरिकता विधेयकमा सहमतिको प्रयास
गुड्दै गरेको ट्रक सडकमा भासिए पछि
गुड्दै गरेको ट्रक सडकमा भासिए पछि

तपाईंले छुटाउनुभयो कि?