सूदुरपश्चिममा लोप हुँदै पानीघट्ट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
१६ पटक हेरिएको
Shares
सूदुरपश्चिममा लोप हुँदै पानीघट्ट

सारांश

  • सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका पानी घट्टहरु लोप हुन थालेका छन् ।
  • केही वर्ष पहिले प्रयाप्त मात्रामा प्रयोग भएका घट्टहरु अहिले लोप हुने अवस्थामा छन् ।
  • पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयहरुले गहुँ, कोदो, चामल,मकै र फापर लगायतका अन्नहरु पिसानी गर्ने गर्थे ।

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका पानी घट्टहरु लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रयाप्त मात्रामा प्रयोग भएका घट्टहरु अहिले लोप हुने अवस्थामा छन् । पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयहरुले गहुँ, कोदो, चामल,मकै र फापर लगायतका अन्नहरु पिसानी गर्ने गर्थे । तर, अहिले आधुनिक विद्युतीय मिलको संचालन बढ्दै गएपछि यस क्षेत्रका पानी लोप हुन थालेका दार्चुला डडेल्धुरा गन्यापधुरा गाउँपालिका वार्ड नं.५ मोईका गंगाराम ताम्राकारले बताए ।

सूदुरका पहाडी जिल्लाहरु डडेल्धुरा,दार्चुला,बैतडी,बझाङ्ग,डोटी,अछाम र बाजुरा लगायतका जिल्लाका विभिन्न ठाउँहरुमा हजारौ संख्यामा रहेका पानी घट्टहरु प्रयोग बिहीन रहेको र उक्त घट्टहरुलाई नयाँ प्रविधिका साथ संचालन गर्दे आएको ग्रामीण प्रविधि नामक गैर सरकारी संस्थाले जनाएको छ । हाल प्रयोगविहिन रहेका पानी घट्टलाई घट्ट सुधार गरेर आधुनिक अनुसार पिसानी,तेल पेलानी र काठ चिरानी समेत गर्न सक्ने उक्त संस्थाले जनाएको छ । पहिले पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको वस्तुको केहि भाग घट्ट धनी लाई दिने चलन रहेको थियो । तर अहिले विधुतिय शक्तिबाट चल्ने अत्याधुनिक कुटानी पिसानी गर्ने मिलहरु ठाउँ ठाउँमा बने पछि पानी घट्ट प्रयोग गर्नेहरु र हाल आधुनीक घट्ट सुधारबाट नै कुटानी पिसानी गर्ने गरेका छन् । मिलमा कुटानी पिसानी गरे वाफत प्रती किलोको २ देखी ४ रुपैया सम्म रकम दिनु पर्ने गरेको पाईन्छ ।

अहिले पुराना घट्टमा पिसानी गर्नेहरु कोही पनि नआउने भएकाले घट्ट बन्द गर्नु परेको पानी घट्ट चलाउँदै आएका नवदुर्गा गाउँपालिका,५ शकशेर विष्टले बताए । घट्टमा पिसानी गर्दा लामो समय कुर्नु पर्ने बाध्यता रहेको तर मिलमा भनेकै समयमा कुटानी र पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नको संख्या घट्दै जाँदा घट्टहरु बन्द गर्नु परे पछि पानी घट्टहरु लोप हुन लागेका विष्टको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?