सूदुरपश्चिममा लोप हुँदै पानीघट्ट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२० पटक हेरिएको
Shares
सूदुरपश्चिममा लोप हुँदै पानीघट्ट

सारांश

  • सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका पानी घट्टहरु लोप हुन थालेका छन् ।
  • केही वर्ष पहिले प्रयाप्त मात्रामा प्रयोग भएका घट्टहरु अहिले लोप हुने अवस्थामा छन् ।
  • पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयहरुले गहुँ, कोदो, चामल,मकै र फापर लगायतका अन्नहरु पिसानी गर्ने गर्थे ।

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका पानी घट्टहरु लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रयाप्त मात्रामा प्रयोग भएका घट्टहरु अहिले लोप हुने अवस्थामा छन् । पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयहरुले गहुँ, कोदो, चामल,मकै र फापर लगायतका अन्नहरु पिसानी गर्ने गर्थे । तर, अहिले आधुनिक विद्युतीय मिलको संचालन बढ्दै गएपछि यस क्षेत्रका पानी लोप हुन थालेका दार्चुला डडेल्धुरा गन्यापधुरा गाउँपालिका वार्ड नं.५ मोईका गंगाराम ताम्राकारले बताए ।

सूदुरका पहाडी जिल्लाहरु डडेल्धुरा,दार्चुला,बैतडी,बझाङ्ग,डोटी,अछाम र बाजुरा लगायतका जिल्लाका विभिन्न ठाउँहरुमा हजारौ संख्यामा रहेका पानी घट्टहरु प्रयोग बिहीन रहेको र उक्त घट्टहरुलाई नयाँ प्रविधिका साथ संचालन गर्दे आएको ग्रामीण प्रविधि नामक गैर सरकारी संस्थाले जनाएको छ । हाल प्रयोगविहिन रहेका पानी घट्टलाई घट्ट सुधार गरेर आधुनिक अनुसार पिसानी,तेल पेलानी र काठ चिरानी समेत गर्न सक्ने उक्त संस्थाले जनाएको छ । पहिले पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको वस्तुको केहि भाग घट्ट धनी लाई दिने चलन रहेको थियो । तर अहिले विधुतिय शक्तिबाट चल्ने अत्याधुनिक कुटानी पिसानी गर्ने मिलहरु ठाउँ ठाउँमा बने पछि पानी घट्ट प्रयोग गर्नेहरु र हाल आधुनीक घट्ट सुधारबाट नै कुटानी पिसानी गर्ने गरेका छन् । मिलमा कुटानी पिसानी गरे वाफत प्रती किलोको २ देखी ४ रुपैया सम्म रकम दिनु पर्ने गरेको पाईन्छ ।

अहिले पुराना घट्टमा पिसानी गर्नेहरु कोही पनि नआउने भएकाले घट्ट बन्द गर्नु परेको पानी घट्ट चलाउँदै आएका नवदुर्गा गाउँपालिका,५ शकशेर विष्टले बताए । घट्टमा पिसानी गर्दा लामो समय कुर्नु पर्ने बाध्यता रहेको तर मिलमा भनेकै समयमा कुटानी र पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नको संख्या घट्दै जाँदा घट्टहरु बन्द गर्नु परे पछि पानी घट्टहरु लोप हुन लागेका विष्टको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना
किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना
पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट
पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो
कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो
गुर्जा हिमालमा ९ को मृत्युः एउटा शव निकालियो
गुर्जा हिमालमा ९ को मृत्युः एउटा शव निकालियो
बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई
बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई
बालकोटमा घाम ताप्दै गफ गर्दै
बालकोटमा घाम ताप्दै गफ गर्दै
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
डा. शशाङ्क, सुजाता र डा. शेखरले गरे कोइरालाको विरासत फर्काउन यस्तो अठोट
डा. शशाङ्क, सुजाता र डा. शेखरले गरे कोइरालाको विरासत फर्काउन यस्तो अठोट

तपाईंले छुटाउनुभयो कि?