मालपोत र महालेखाका परीक्षकका कर्मचारी मिलेपछि साढे २ करोड झ्वाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २, २०७६
|
|
४९ पटक हेरिएको
Shares
मालपोत र महालेखाका परीक्षकका कर्मचारी मिलेपछि साढे २ करोड झ्वाम

सारांश

  • काठमाडौं ।
  • लेखापरीक्षण गर्दै अरुको आर्थिक गल्ती पत्ता लगाउने महालेखा परीक्षककै कर्मचारी मिलेमतो देखिएको छ ।
  • भूमिसुधार तथा मालपोत कार्यालय कलैयामा कर्मचारीले साढे २ करोड रुपैयाँ राजस्व हिनामिना गरेका छन् ।

काठमाडौं । लेखापरीक्षण गर्दै अरुको आर्थिक गल्ती पत्ता लगाउने महालेखा परीक्षककै कर्मचारी मिलेमतो देखिएको छ । भूमिसुधार तथा मालपोत कार्यालय कलैयामा कर्मचारीले साढे २ करोड रुपैयाँ राजस्व हिनामिना गरेका छन् ।

राजस्व हिनामिना गर्न महालेखापरीक्षक कार्यालयका कर्मचारीको समेत मिलेमतो देखिएका छ । रकम हिनामिनामा मिलेमतो रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आगोगले बुधबार मुद्दा दर्ता गरेको छ ।

मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्ताले योजना बनाएपछि ०७४ कात्तिक २० देखि ०७५ साउन २८ सम्म संकलित राजस्वमध्ये दुई करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ अनियमितता भएको अख्तियारले भेटाएको छ ।

रकम हिनामिना गर्न १ करोड ३५ लाख ७० हजार दुई सय ९४ रुपैयाँ नक्कली रसिद प्रयोग गरेको भेटिएको छ । गुप्तासँगै मालपोत कार्यालय कलैया बाराका तत्कालीन कार्यालय प्रमुख राजराजेश्वर त्रिवेदी र लेखापाल युगलकिशोर ठाकुरविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ ।

आर्थिक प्रभावमा परी बदनियतपूर्वक लेखापरीक्षण प्रतिवेदन तयार गरेको देखिएकाले कोष तथा लेखानियन्त्रक कार्यालय बाराका लेखापालद्वय प्रवीण गौतम तथा कमल खतिवडा र महालेखापरीक्षकको कार्यालय बबरमहलका निर्देशक अजयकुमार सापकोटाविरुद्ध समेत मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?