आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी पनि चल्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी पनि चल्ने

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
  • साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ। वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
प्रधानमन्त्रीबाट मङ्गलबार भेरी– बबई आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ हुने
प्रधानमन्त्रीबाट मङ्गलबार भेरी– बबई आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ हुने
बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः पौडेल
बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः पौडेल
छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज
छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज
स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात
स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान
अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान
महानगरले मजदूरमैत्री नीति ल्याउने
महानगरले मजदूरमैत्री नीति ल्याउने
कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य
कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य

तपाईंले छुटाउनुभयो कि?