ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
सारांश
- एजेन्सी ।
- एन्टोनी ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोनाले हार ब्यहोरेको छ ।
- मंगलबार भएको प्रि–सिजनको मैत्रीपूर्ण खेलमा लण्डन क्लब चेल्सीले बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो ।
एजेन्सी । एन्टोनी ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोनाले हार ब्यहोरेको छ । मंगलबार भएको प्रि–सिजनको मैत्रीपूर्ण खेलमा लण्डन क्लब चेल्सीले बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो ।
प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका ग्रिजम्यानले डेब्यु खेल सुखद रहन सकेन । उनी यसै सिजन कीर्तिमानी मुल्यमा बार्सिलोना आएका थिए ।
टमी अब्राहमले ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । रोस बार्कलीले ८१ औ मिनेटमा चेल्सीको अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम मिनेटमा ईभान राकिटिकले एक गोल फर्काएपनि हार टार्न सकेनन् ।
पहिलो हाफका कमजोर देखिएको बार्सिलोनाले दोस्रो हाफमा सुधारिएको खेल खेलेपनि हार टार्न सकेन । बार्सिलोना टोलीका लियोनल मेस्सीविना मैदानमा उत्रिएको थियो । अर्जे्न्टिना कोपा अमेरिकाबाट बाहिरिएपछि निराश बनेका मेस्सी अहिले परिवारसँग विदा मनाइरहेका छन् ।
सुर्खेत अख्तियारमा शिक्षाका उजुरी बढी
सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रका उजुरी बढी परेको प्रतिवेदन सार्वजनिक गरिएको छ। आयोगले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो।
आयोगका कार्यालय प्रमुख ज्ञानराज सुवेदीले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५र७६ मा कूल ९६३ उजुरी परेको र त्यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ३११ (३३ प्रशितश) उजुरी परेको उल्लेख छ। कूल उजुरीमा ५५२ (५७ प्रतिशत) उजुरी फछ्र्योट भएको र ४११ उजुरी अनुसन्धानको क्रममा रहेको कार्यालय प्रमुख सुवेदीले बताए।
“शिक्षक नियुक्ति, दिवाखाजा, भवन निर्माणलगायत विषय समेटिएका शिक्षाका उजुरी सबैभन्दा बढी आएका छन्”, उनले भने, “त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत २६३ उजुरी परेका थिए।” उनका अनुसार गत आर्थिक वर्षमा वन तथा वातावरणका १०५, ऊर्जा, जलस्रोत तथा सिँचाइका ५७, स्वास्थ्य तथा जनसङ्ख्याका ४८, भौतिक पूर्वाधार तथा यातायातका ४२, खानेपानीका ३६ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २४ उजुरी परेका थिए।
कूल उजुरीमा सबैभन्दा कम अर्थ मन्त्रालयअन्तर्गत भने एक उजुरी परेको जनाइएको छ। प्रदेश सरकारभन्दा स्थानीय सरकारका विकास गतिविधिमा भएका अनियमितताका उजुरी धेरै परेको प्रमुख सुवेदीको भनाइ छ। जिल्लागतरूपमा सुर्खेतमा २०१, दैलेखमा १६८, जाजरकोटमा १२७, कालिकोटमा ९१, मुगुमा ८२, सल्यानमा ७७, जुम्लामा ७४, रुकुम पश्चिममा ६२, हुम्लामा ४९ र डोल्पामा २८ गरी ९६३ उजुरी परेका थिए।
प्रतिवेदनअनुसार चिठ्ठीपत्रबाट ९२७, इमेलबाट १५, पत्रपत्रिकाबाट १८, फेसबुकबाट दुई र फ्याक्सबाट एक उजुरी परेका थिए। आयोगले फछ्र्योट ५५२ उजुरीमध्ये तामेली १९४, एकीकरणका २२६, लेखी पठाएका ४४, विस्तृत अनुसन्धानका ६६, आयोगको अन्य महाशाखा तथा कार्यालयमा छानबिनका लागि प्रेषित गरेका १९ र अन्य निकायमा पठाएका तीन उजुरीको पनि अभिलेखीकरण गरेको छ।
चार रङ्गेहात पक्राउ, ११ विरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आव २०७५र७६ मा चार जनालाई रङ्गेहात पक्राउ गरेको र ११ जनामाथि आरोपपत्र दायर भएको बताएको छ।
आयोगको सुर्खेतस्थित कार्यालयले इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले रु १५ हजार, चौफा सवडिजिभन वन कार्यालय चौरजहारी रुकुमका फरेष्टर महेन्द्र बिसीले रु सात हजार, शिक्षा विकास समन्वय एकाइ सल्यानका प्रमुख धनबहादुर ओलीले रु २५ हजार र डिभिजन वन कार्यालय कर्णाली प्रदेश सुर्खेतका वन अधिकृत भक्तबहादुर लामाले रु चार लाख घुस लिँदै गरेको आरोपमा रङ्गेहात पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख सुवेदीले बताए।
त्यस्तै, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगञ्ज बाँकेका तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत देवराज भुसाल, कृषि प्राविधिक मोतिप्रसाद न्यौपाने, अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसी, शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका प्रमुख धनबहादुर ओली, जनता मावि राम्नाकोट खार्दु कालिकोट तत्कालीन प्रधानाध्यापक जयलाल न्यौपानेलगायत ११ जनाविरुद्ध रु ३१ लाख ९२ हजार १५६ बिगो दाबीसहित आरोपपत्र दायर गरिएको अख्यितार सुर्खेतले जनाएको छ।
अख्तियारका अनुसार रु २२ लाख २२ हजार ५२५ असुलउपर गरिएको छ। सीमित जनशक्ति, साधन र स्रोतको प्रयोगले विगत वर्षहरुभन्दा आव २०७५÷७६ मा अख्तियार सुर्खेतले ४४१ स्थलमा अनुसन्धान टोली पुगेर निरीक्षण गरेको थियो।
प्रतिक्रिया