काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट

सारांश

  • काठमाडौं ।
  • काठमाडौंमा आज शनिबारदेखि ‘एसिया प्यासफिक समिट–२०१८’ शुरु हुँदैछ ।
  • सम्मेलनमा भाग लिन उच्च विशिष्ट पाहुना काठमाडौं आइसकेका छन् ।

काठमाडौं । काठमाडौंमा आज शनिबारदेखि ‘एसिया प्यासफिक समिट–२०१८’ शुरु हुँदैछ । सम्मेलनमा भाग लिन उच्च विशिष्ट पाहुना काठमाडौं आइसकेका छन् ।

कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । कार्यक्रममा सहभागी हुन सात देशका अति विशिष्टसहित उच्चपदस्थ पाहुना आइसकेका छन् । कतिपय देशका प्रमुख आज आउने कार्यक्रम छ ।

कार्यक्रमको आयोजक युनिभर्सल पिस फेडेरेसनका अनुसार कार्यक्रममा भाग लिन कम्बोडियाका प्रधानमन्त्री हुन सेन, म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी सबैभन्दा अगाडि काठमाडौं आएका हुन् ।

सम्मेलनमा भारत, पाकिस्तानका पूर्वप्रधानमन्त्री, लाओसबाट नेसनल एसेम्बली प्रमुख, फिजीका संसद् प्रमुख काठमाडौंमा छन्। कार्यक्रममा ४५ देशका १५ सयजना सहभागिता हुने बताइएको छ । अन्य देशका मुलुकका अति विशिष्ट, पाहुनासमेत हिजो बेलुका आइपुगेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा तायरोका प्रधानमन्त्री, सामोहका राजा, तुभालुका राष्ट्रप्रमुख लाकोबा तेइआ इटालेनी, नौरुका राष्ट्रपति बारोन वाका, फिलिपिन्सका उपराष्ट्रपति मारिया लियोनर रोब्रेडोलगायतकाका अतिविशिष्ट पाहुना काठमाडौं आइसकेका छन् ।

कार्यक्रममा आउनेलाई सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई सोल्टी क्राउन प्लाजामा खाने, बस्ने मिलाइएको छ । त्यसैगरी पूर्व सरकार प्रमुख, राष्ट्रप्रमुख, सभामुखलाई द्वारिका होटलमा बस्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। भारतीय प्रतिनिधिमण्डललाई होटल याक एन्ड यतीमा बस्ने व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?