मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने

सारांश

  • श्रावण २, २०७४- प्रमुख सत्ता घटक कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामै किचलो भएका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ ।
  • दुई दलका लागि छुट्टाईएको २० मन्त्रालयमा कांग्रेसले १२ र माओवादी केन्द्रले ९ मन्त्रालयको अडान नछाडेका कारण भागबण्डा टुंगो लाग्न नसकेको हो ।
  • दुवै दलले अडान कायम राखे राप्रपासहित साना दलका लागि छुट्टाईएको दश मन्त्रालयमा कटौति गरेर भएपनि मिलाउने गरी कार्यदल स्तरमा छलफल भएको छ ।

श्रावण २, २०७४- प्रमुख सत्ता घटक कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामै किचलो भएका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ । दुई दलका लागि छुट्टाईएको २० मन्त्रालयमा कांग्रेसले १२ र माओवादी केन्द्रले ९ मन्त्रालयको अडान नछाडेका कारण भागबण्डा टुंगो लाग्न नसकेको हो ।

दुवै दलले अडान कायम राखे राप्रपासहित साना दलका लागि छुट्टाईएको दश मन्त्रालयमा कटौति गरेर भएपनि मिलाउने गरी कार्यदल स्तरमा छलफल भएको छ । कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णवहादुर महरा र बर्षामान पुन रहेको कार्यदलले सोमबार राती सम्म मन्त्रालय भागबण्डा टुंगाउन बैठक बसेको थियो ।

कांग्रेस नेता निधिले मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताए । संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकको पक्षमा दुई तिहाई नपुग्ने भएपछि प्रधानमन्त्री देउवाले सबै साना दललाई नसमेट्न गरीनै मन्त्रिपरिषदो विस्तार गर्ने तयारीमा जुटेका हुन ।

स्रोतका अनुसार राप्रपाका लागि अहिले उपप्रधान बिनाको चार मन्त्रालय छुट्टाइएको छ । सरकारमा जाने बिषयमै राप्रपा विभाजनको संघारमा पुगेपछि तत्काल उसलाई सरकारमा नल्याई मन्त्रालय मात्रै छुट्टाएर राखिनेछ । प्रधानमन्त्री देउवाको जोड राप्रपा भन्दापनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने छ । फोरम सरकारमा आएमा उसका लागि तीन मन्त्रालय दिने कांग्रेस र माओवादी बीच समझदारी छ । तर, फोरमले तत्काल सरकारमा नआउने बताईसकेककाले राप्रपाका लागि, फोरम लोकतान्त्रिकका लागि ३, नेकपा (सयुक्त)का लागि १ र एक मन्त्रालय साना दलका लागि दिईने तयारी छ ।

कार्यदलले मंगलबार विहान सम्म टुंगो लगाएर शिर्ष नेतालाई बुझाउने र त्यसलगतै मन्त्रिपरिषद् विस्तार गर्ने योजना रेहको छ । ‘कुन-कुन मन्त्रालय भन्नेकुरा पनि एकसरो छलफल भइसकेको छ, संख्याको विवाद मिल्नसाथ मन्त्रिपरिष विस्तार भईहाल्छ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘ढिलोमा बुधबार सम्म हुन्छ ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?