घटिया संविधान संशोधन गर्नुपर्छ, होइन भने खारेज गराएर छाड्छौँ : उपेन्द्र यादव
सारांश
- काठमाडाै, १६ वैशाख ।
- संघिय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादवले संविधानलार्इ घटियाकाे संज्ञा दिएका छन ।
- नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीका क्रममा यादवले यस्ताे बताएका हुन ।
काठमाडाै, १६ वैशाख । संघिय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादवले संविधानलार्इ घटियाकाे संज्ञा दिएका छन ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीका क्रममा यादवले यस्ताे बताएका हुन ।
यादवले नेपालकाे संविधाननै घटिया हाे र यस्लाइ खारेज गराएर छाड्ने बताए। उनले भने ‘संघीय प्रणालीको सबैभन्दा विकृति नै घटिया किसिमको संविधान हो । अधिकारविहिन प्रदेश सरकार बनाएर कसरी काम हुन सक्छ ? अब संघीय प्रणाली कसरी अगाडि बढ्छ भन्ने ठूलो प्रश्न खडा भएको छ ।’
प्रदेश सरकार गठन भएपछि भएका काम कारबाहीलाई कसरी हेर्नुभएको छ ? भन्ने प्रश्नमा यादवले घुमाउराे जवाफ दिँदै यस्ताे बताएका थिए । पहिलो कुरा प्रदेश सरकारलाई के कति अधिकार दिइएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले त प्रदेश सरकारको आफ्नो प्रशासनसमेत छैन । हावामा लट्काइदिए जस्तो छ । प्रदेश सरकार चलाउने कानुन छैन । काम गर्ने निकाय पनि छैन । अनि सरकारले कसरी काम गर्छ ।
तलबसुविधा बढाउने लगायतका अधिकार दिएको छ नि ?
तलबले काम हुन्छ ? तलब भनेको सुविधा मात्रै हो । जबसम्म प्रदेश सरकारको मातहतमा निकाय, बजेट र स्रोत साधन हुँदैन, तबसम्म प्रदेश सरकारले काम गर्न सक्दैन ।
तर गर्नसक्ने काम पनि गरेको पाइएन नि ?
केन्द्र सरकार बेइमान छ । प्रदेशहरुलाई बदनाम गराउने काम मात्रै गरेको छ । अन्तमा संघियता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र पर्दाभित्र भइरहेको छ । यस्तो प्रदेश सरकार जसको शाषन प्रशासन छैन, प्रदेश सरकार त केन्द्रको गुलामी मात्रै छ । यो सबै संविधानमा भएको त्रुटीका कारण हो ।
प्रदेशका मन्त्रीहरु त काम नपाएर रिबन काटेर बसेका छन् । यसरी विकास हुन्छ ?
धन्न रिबन काट्न पाएका छन् । प्रदेशभित्रका प्रशासन, सुरक्षा निकाय, अर्थ व्यवस्था प्रदेश सरकार मतहतमा नभएसम्म त रिबन काट्ने मात्रै हो ।
त्यसोभए संघीयतामा गएपछि पनि विकास र समृद्धि हुँदैन त ?
त्यो कुरा केन्द्र सरकारको रवैयामा भर पर्छ । केन्द्र सरकारले संविधान संशोधन गरेर प्रदेश सरकारलाई बलियो नबनाएसम्म विकास र समृद्धि हुनै सक्दैन ।
संविधान संशोधनलाई बेमौसमको बाजा भन्न थाले नि ?
संविधान संशोधन नगर्ने हो भने खारेज गर्नुपर्छ । अहिलेको संविधान यथास्थितीमा चल्न सक्दैन । चुनाव हुँदैमा सबै व्यवस्थित हुन्छ र ? प्रदेशले अधिकार नपाएसम्म संविधान सफल हुन्छ । यस्तो घटिया संविधानले केन्द्र सरकारलाई मात्रै शक्ति र स्रोत साधन दिएको छ । यो त विकेन्द्रिकरण पनि छैन । यस्तो शाषन प्रणाली जनतामाथि थोपरेर केही हुँदैन ।
तपाईले त संविधान मानिसक्नुभयो नि । अहिले संविधानको विरोध किन गर्नुहुन्छ ?
तपाईले भनेर हुन्छ ? आफ्नो कुरा जबरवस्ती नगर्नुस न । यो संविधानले देशको हित गर्दैन ।
यो संविधानलाई त भारतले पनि स्वागत गर्यो । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाँदा चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिनुभयो ।
यो संविधान नरेन्द्र मोदीले स्विकार गरेर अब भारतमा लागु गर्ने हो र ? यो नेपालको संविधान हो कि भारतको हो ? मधेशको जनतालाई गोली ठोकेर जबरजस्ती घोषणा गरेको संविधान हो । यो संविधानलाई मधेशी, जनजाती र अन्तर्राष्ट्रिय समुदायलेसमेत स्विकार गरेको छैन । निर्वाचन त सबै देशमा हुन्छन् । नेपालमा पनि यसअघिका संविधान हुँदा पनि चुनाव त भएकै थिए । चुनाव हुँदैमा संविधान ठीक हुने भए ४७ सालको संविधान पछि पनि चुनाव भएको थियो । त्यो संविधान खै ?
अब के गर्ने त ? तपाईले भनेजसरी संविधान संशोधन गर्न सरकार तयार भएन ।
कि त संविधान संशोधन गरेर प्रभावकारी रुपमा संघिय प्रणालीमा जानुपर्छ । संशोधन हुँदैन भने भोलीका दिनमा जनताले विद्रोह गरेर खारेज गरिदिन्छन्, नयाँ बनाउँला । यो सातौँ संविधान हो, अब आठौँ बनाउँला ।
संविधान संशोधन नभएसम्म मधेशी जनताले अधिकार पाउँदैनन भन्ने तपाईको निष्कर्ष हो ?
पहाडमा पनि कहाँ अधिकार पाएको छ र ? अरु प्रदेश सरकारको पनि अवस्था उस्तै छ । यो सिङ्गो मुलुकको कुरा हो । संघियताको मर्मलाई आत्मसाथ नगरिकन देखाउनका लागि मात्रै संविधान, व्यवहारमा चाँही केन्द्रिकृत, एकात्मक र नश्लवादी चिन्तनलाई बोकेर मुलुकको हित हुँदैन ।
तपाई परराष्ट्रमन्त्री पनि भइसकेको व्यक्ति, पछिल्लो समय उत्तर र दक्षिण कोरिया, भारत र चिनबिच सम्बन्ध सुमधुर हुँदै गएको छ । नेपालको परराष्ट्र नीतिलाई कसरी लिनुभएको छ ?
नेपालको परराष्ट्र नीति के हो भन्ने कुरा सरकारलाई नै थाहा छैन । जथाभावी बोल्ने, मौसम हेरेर भाषण गर्ने । यसरी परराष्ट्र नीति सफल हुँदैन । आज नेपालको यस्तो अवस्था छ, न दक्षिणले न उत्तरले, कसैले पनि नेपाललाई विश्वास गर्न सकेको छैन । पूर्व, पश्चिमा राष्ट्रले पनि विश्वास गर्न सकेका छैनन् ।
भारतीय प्रधानमन्त्री जनकपुर जाँदै हुनुहुन्छ । यसको सन्देश के हुन सक्छ ?
यसले दुई देशबिचको सम्बन्ध राम्रो हुन्छ । मधेशका जनताको अवस्थाका बारेमा मोदीजीले नजिकबाट हेर्न पाउनुहुनेछ ।
Jayram Pokharel
देखान तागत खाते
Mukesh Yadav
अब जनता तहरा के देश निकाला करी
Meera Heju
हाम्रो संबिधानलाइ घटिया भन्ने यी घटिया मनुवालाइ देश निकाला गर्ने या कुनै सजाय दिनु पर्छ कि पर्दैन नेपाल सरकार ? कि यिन्ले जे बोले नि ठिक , जे गरे नि ठिक ? यिन्लाइ कानुन लाग्छ को लाग्दैन ?