बढ्यो आगलागी : दमकललाई भ्याइनभ्याइ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, १३ चैत, दैनिक आगलागीका घटना बढेपछि जुद्धवारुणयन्त्र भक्तपुरका दमकललाई भ्याइनभ्याइ भएको छ ।
  • भक्तपुरदेखि काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकसम्म सेवा दिँदै आएको यहाँको दमकललाई आगलागीका घटना बढेपछि आगो नियन्त्रण गर्न समस्या देखिएको छ ।
  • दैनिक चार आगलागीका घटना हुने बताउँदै जुद्धवारुणयन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले गर्मीयाम बढेसँगै आगलागीका घटना बढेको बताउनुभयो ।

भक्तपुर, १३ चैत, दैनिक आगलागीका घटना बढेपछि जुद्धवारुणयन्त्र भक्तपुरका दमकललाई भ्याइनभ्याइ भएको छ ।
भक्तपुरदेखि काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकसम्म सेवा दिँदै आएको यहाँको दमकललाई आगलागीका घटना बढेपछि आगो नियन्त्रण गर्न समस्या देखिएको छ । दैनिक चार आगलागीका घटना हुने बताउँदै जुद्धवारुणयन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले गर्मीयाम बढेसँगै आगलागीका घटना बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक चार वटासम्म आगलागीका घटना भएका छन्, एक सातायता १४ वटा आगलागीका घटना भए, कुनै दिन त दमकलले विश्राम नै पाउँदैन ।”

विगतमा एउटा मात्रै चल्ने अवस्थामा रहेको दमकललाई मर्मत गरेर अहिले तीन दमकल चल्ने बनाइएको बताउँदै उहाँले आज मात्रै सूर्यविनायकको बालकुमारी सामुदायिक वन, झौखेल, भक्तपुर र काभ्रेपलाञ्चोकको नाला गुम्बा नजीकै भएको आगलागी नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

कतिपय अवस्थामा साँघुरा सडक र गल्लीभित्र जान दमकललाई समस्या पर्ने गर्दा आगलागी नियन्त्रणमा समस्या आउने गरेको कार्यालय प्रमुख धौभडेलको भनाइ छ । वारुणयन्त्रको पुरानो दुई दमकल मर्मत गरेर चल्ने अवस्थामा पु¥याइएको र एक दमकल मध्यपुरथिमि नगरपालिकाले दिएपछि आगो नियन्त्रणमा जान सहज भएको हो ।

आगलागीका घटना बढेपछि कार्यालय प्रमुख धौभडेलले कर्मचारीको सुरक्षाका लागि आगोले नजल्ने सेफ्टी ज्याकेट तथा जुत्तासमेत ल्याएर परिचालन गरिएको छ । उहाँले भन्नुभयो,“दमकल र कर्मचारीलाई २४ सै घण्टा अलर्टमा राखेका छाँै, उनीहरुको सुरक्षाका लागि पोशाकको पनि व्यवस्था गरिएको छ ।”

सबै बस्तीमा जाने सडक फराकिलो पार्नु जरुरी रहेको बताउँदै उहाँले स्थानीय सरकारलाई यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
नेपाली धावक पार्कीलाई स्वर्णपदक
नेपाली धावक पार्कीलाई स्वर्णपदक
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
प्रधानमन्त्री कार्यालयमा थपिए कर्मचारी
प्रधानमन्त्री कार्यालयमा थपिए कर्मचारी
दोस्रोपटक पास भयो नागरिकता विधेयक, प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाइने
दोस्रोपटक पास भयो नागरिकता विधेयक, प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाइने
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
जब प्रधानमन्त्री आर्डर्न आमा बनिन् …
जब प्रधानमन्त्री आर्डर्न आमा बनिन् …
विधिपूर्वक समापन गरियो तीज
विधिपूर्वक समापन गरियो तीज
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन