घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • आज सुनको मूल्य घटेको छ ।
  • बिहीबार तोलामा ५०० रुपैयाँ बढेर उच्च मूल्यको कीर्तिमान बनाएको सुनको मूल्य शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको थियो भने कारोबार साताको पहिलो दिन आज आइतबार पनि घटेको हो ।

काठमाडौं । आज सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ५०० रुपैयाँ बढेर उच्च मूल्यको कीर्तिमान बनाएको सुनको मूल्य शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको थियो भने कारोबार साताको पहिलो दिन आज आइतबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर १ लाख १२ जार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४६५ रुपैयाँ तोकिएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ