घर र शौचालय बनाइदिने उम्मेदवारलाई भोट

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २८, २०७४
|
|
५२ पटक हेरिएको
Shares
घर र शौचालय बनाइदिने उम्मेदवारलाई भोट

सारांश

  • सिरहा, भदाै २८ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगारपालिकाको चोहर्वाबाट ५ किलोमिटर उत्तर घुर्मि खोलाको पूर्वि किनारमा ४० घरको सदाय (मुसहर) वस्ती छ ।
  • गोलबजार नगरपालिका १० धोवियाझारको यो वस्तीमा स्थानीय धनी किसानले कामदारको रुपमा विभिन्न ठाउँबाट ल्याएर राखेका मुसहर बस्छन् ।
  • खोला किनारमा रहेको यो वस्तीमा कसैको घरमा शौचालय छैन ।

सिरहा, भदाै २८ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगारपालिकाको चोहर्वाबाट ५ किलोमिटर उत्तर घुर्मि खोलाको पूर्वि किनारमा ४० घरको सदाय (मुसहर) वस्ती छ । गोलबजार नगरपालिका १० धोवियाझारको यो वस्तीमा स्थानीय धनी किसानले कामदारको रुपमा विभिन्न ठाउँबाट ल्याएर राखेका मुसहर बस्छन् ।

खोला किनारमा रहेको यो वस्तीमा कसैको घरमा शौचालय छैन । माटोको भित्ता र खरको छानोबाट बनेका ससाना झुुप्रा घर छन् । घाम पानी छेक्ने राम्रो घर र शौचालय बनाउने प्रतिबद्धता गर्ने उम्मेदवारलाई भोट दिने उनीहरु बताउँछन् ।

शौचालय नभएकै कारण नागरिकता बनाउन नसकेको स्थानीय ४५ वर्षीया फूलकुमारी सदायले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सधैंभरी मजदुरी गर्ने समुदायको मानिस हौं, हामीलाई नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो, अरुबेला उहाँहरुको अनुहारै देख्न पाईंदैन, यो चुनावमा हाम्रो राम्रो वासको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिने हो ।’

उहाँ मात्र हैन गाउँका अरु पनि महिलाले शौचालय नभएकै कारण नागरिकता बनाउन नपाएको गुनासो गरे । घरमा शौचालय नभएकालाई गाउँपालिकाले नागरिकताको लागि सिफारिस नगर्ने नियम बसालेको छ ।

शौचालय नभएकाले २५ वर्षीया तारादेवी सदा र ४० वर्षीया रामवत्ती सदाले पनि नागरिकता बनाउन पाउनुभएको छ ।आर्थिक अभावकै कारण शौचालय बनाउन नसकेको रामवत्ती सदायले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई शौचालय बनाउन मन नभएर नबनाएको हो र ? कमाईले खान लाउनै पुग्दैन केले घर र शौचालय बनाउनु ।’

जसले आफ्नो घर र शौचालय बनाउँछ उसैलाई भोट दिने उनीहरुले बताए । ५० वर्षीय झौला सदायले जसले बस्ने घर र शौचालय बनाई दिन्छ, उसैलाई मत दिने बताउनुभयो । उहाँले भन्नुभयो ‘वर्षौंदेखि हामीले भोट हालेर सबैलाई जिताएकै हो, पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दहाललाई नै जितायौं, तर हाम्रो अवस्था भने जस्ताको तस्तै रहने ? अब जसले बस्ने घर र शौचालय दिन्छ उसैलाई मत दिन्छु ।’

दैनिक ज्याला मजदुरी र दाउरा बेचेर गुजारा गर्दै आएका उनीहरुको बस्ने ठाउँ समेत आफ्नो छैन । वर्षौं पहिले ऐलानी जमिनमा बसेका उनीहरुको जमिन अहिलेसम्म दर्ता भएको छैन । स्थानीय अगुवा ५५ वर्षीय कृष्णकुमार लामाले आफू बुझ्ने भएदेखि नै देखेको योे बस्ती अझै पनि ऐलानी नै रहेको बताउनुभयो ।

‘गाउँकै टाठाबाठाहरुले सदाहरु बसेको वरपरको जमिन नम्बरी गराए, सदायहरुको अझै नम्बरी भएको छैन् । उनीहरु बसेको सवै जमिन ऐलानी नै हो’ उहाँले भन्नुभयो ।

पहिला जोसुकैलाई मत दिएको भएपनि यो पटक आफ्नो बस्ने वास र शौचालय बनाउनेलाई नै मत दिने स्थानीय बासिन्दाले अठोट गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ मा प्रदेशसभा बैठकबारे चासो बढ्यो
प्रदेश नं ७ मा प्रदेशसभा बैठकबारे चासो बढ्यो
वामपन्थी एकताको घोषणासँगै  मोदीको नेपाल भ्रमण रोकियो
वामपन्थी एकताको घोषणासँगै मोदीको नेपाल भ्रमण रोकियो
तनहुँ-१ मा रामचन्द्र पाैडेलको नयाँ पारीणाम
तनहुँ-१ मा रामचन्द्र पाैडेलको नयाँ पारीणाम
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड
शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड
सही र सकारात्मक सोच जगाउने अभियानमा  ग्रामीण स्वयम सेवक समाज
सही र सकारात्मक सोच जगाउने अभियानमा ग्रामीण स्वयम सेवक समाज
निर्मला बलात्कार-हत्याकाण्ड : निलम्बनमा परेका प्रहरीमाथि छानबिन गर्न यस्तो बन्यो विज्ञ समुह
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी
जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै