बैतडीका ७ स्थानीय तह एम्बुलेन्सविहीन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
बैतडीका ७ स्थानीय तह एम्बुलेन्सविहीन

सारांश

  • काठमाडौं, ३ पुस ।
  • बैतडी जिल्लाका ७ स्थानीय तह एम्बुलेन्स विहीन हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
  • सडक सुविधा नहुँदा स्थानीय तहले एम्बुलेन्स खरिद नगरेको जनाएका छन् ।

काठमाडौं, ३ पुस । बैतडी जिल्लाका ७ स्थानीय तह एम्बुलेन्स विहीन हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । सडक सुविधा नहुँदा स्थानीय तहले एम्बुलेन्स खरिद नगरेको जनाएका छन् ।

मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका एम्बुलेन्स विहीन छन् ।

स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा बिरामी र दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीयहरुको गुनासो छ । एम्बुलेन्स सुविधा नहुँदा बिरामीलाई बोकेर स्वास्थ्य संस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?