डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता
सारांश
- मनिला, १९ साउन ९, फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।
- इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
- प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ ।
मनिला, १९ साउन ९, फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ ।
इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ । आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो ।आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन् ।
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
मुग्लिन। चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ।नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने २५ वर्षीय मिदेश नेपालको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकल चालक २७ वर्षीय निदेश नेपाल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया