खतिवडा र रेग्मीलाई राजदूतमा रोक्ने खोजिएपछि संसदीय समितिबाट हिजै अनुमोदन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २८ कात्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादमा राजदूत नियुक्ति पनि परेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री डा.

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादमा राजदूत नियुक्ति पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्तिको सिफारिश गर्ने मन्त्रिपरिषदबाट निर्णय गराएपछि नेकपामा अध्यक्ष प्रचण्डलगायतका नेताहरुले विरोध गर्दै आएका छन् । राजदूत नियुक्ति सच्याउनुपर्ने उनीहरुको माग छ ।

आज बस्ने नेकपा सचिवालय बैठकमा राजदूत नियुक्ति सच्याउनुपर्ने विषयले प्रवेश पाउँदैछ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले यो विषय जोडतोडले उठाउने बुझिएको छ ।

राजदूत नियुक्ति सच्याउनुपर्ने माग बढिरहँदा हिजै संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।

यसैगरी, खतिवडालगायतको राजदूत नियुक्तिको प्रक्रियामाथि प्रश्न उठाउँदै अदालतमा मुद्दा दायर भएको छ । सर्वोच्च अदालतले डा. युवराज खतिवडालगायतको राजदूत नियुक्त बदर गर्न माग गर्दै गरिएको रिटमाथि सुनुवाई गर्दै मंगलबार सरकारसँग लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । सर्वोच्चले पूर्वमन्त्री डा. खतिवडा, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलगायतलाई राजदूत नियुक्त गर्दा मापदण्डविपरित भएको भनी परेको रिटमाथि सुनवाई गर्दै उक्त आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कता जाँदै छ महिला आन्दोलन ?
कता जाँदै छ महिला आन्दोलन ?
पार्टी एकता सम्भव छैन: डा भट्टराई
पार्टी एकता सम्भव छैन: डा भट्टराई
मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी
ओजुवा तालमा डुङ्गा सञ्चालन
ओजुवा तालमा डुङ्गा सञ्चालन
बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ
बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ