राष्ट्रियसभा उपनिर्वाचनमा बादलले दिए एमालेबाट उम्मेद्वारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २४, २०७८
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रियसभा उपनिर्वाचनमा बादलले दिए एमालेबाट उम्मेद्वारी

सारांश

  • नेकपा (एमाले) ले राष्ट्रियसभा उपनिर्वाचनको लागि रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेद्धवार बनाएको छ ।
  • थापा उम्मेदवारी दर्ताका हेटौंडा पुगेका छन् ।
  • उनी हेकिप्टरमा हेटौंडा पुगेको हाम्रा सहकर्मीले जनाए ।

नेकपा (एमाले) ले राष्ट्रियसभा उपनिर्वाचनको लागि रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेद्धवार बनाएको छ । थापा उम्मेदवारी दर्ताका हेटौंडा पुगेका छन् । उनी हेकिप्टरमा हेटौंडा पुगेको हाम्रा सहकर्मीले जनाए । उता, कांग्रेस, एमाले माधव नेपाल समूह, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले भने डा। खिमलाल देवकोटालाई उम्मेद्धवार बनाएको छ ।

एमालेको आज विहान बसेको स्थायी कमिटी बैठकपछि मात्रै बादल उम्मेद्धवारी दिन राजी भएका थिए । हिजोको बैठकमा भने बादलले आफू हार्ने चुनावमा भाग नलिने अडानमा थिए । तर, एमालेले मतभार विश्लेषण गरेर नै जित सुनिश्चित् भएको निश्कर्ष निकालेर बादललाई उम्मेद्धवारी दिन आग्रह गरेको हो । सोहीअनुसार उनी सिम्रिक एयरको हेलिकप्टर लिएर हेटौंडा गएका हुन् । उनीसँगै नेता अग्नि खरेल र बाबुराम दाहाल पनि गएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?