चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
३७ पटक हेरिएको
Shares
चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति

सारांश

  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ ।
  • शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् ।
  • करीब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिनुभयो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ ।

शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिनुभयो । सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।

एक वटा भेडाको मूल्य रु १५ हजारदेखि रु २५ हजार छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करीब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा
महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा
भरतपुरमा आज बिद्युत सेवा अबरुद्ध हुने
भरतपुरमा आज बिद्युत सेवा अबरुद्ध हुने
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
यसरी भयो गर्भपतन गैरकानुनी !
यसरी भयो गर्भपतन गैरकानुनी !
डाक्टर गोविन्द केसीको १६ औं अनसन बस्ने चेतावनी
डाक्टर गोविन्द केसीको १६ औं अनसन बस्ने चेतावनी
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली
राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली