चमेलिया हाइड्रोपावरकाे विद्युत प्रसारण सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
चमेलिया हाइड्रोपावरकाे विद्युत प्रसारण सुरु

सारांश

  • निकै विवादका बीच निर्धारित समयको ६ वर्षपछि चमेलिया हाइड्रोपावरले आजबाट विद्युत प्रसारण लाइन सुरु गरेको छ ।
  • मेसिनहरु टेस्टिङ गरेपछि आज दिउँसो ११ देखि १२ बजेबाट १३२ केभि लाइस प्रसारण हुने आयोजना प्रमुख अजय दहालले जानकारी दिए ।
  • चमेलिया हाइड्रोपावरको नियमित प्रसारण हुन भने अझै केही समय पर्खिनु भएको छ ।

निकै विवादका बीच निर्धारित समयको ६ वर्षपछि चमेलिया हाइड्रोपावरले आजबाट विद्युत प्रसारण लाइन सुरु गरेको छ । मेसिनहरु टेस्टिङ गरेपछि आज दिउँसो ११ देखि १२ बजेबाट १३२ केभि लाइस प्रसारण हुने आयोजना प्रमुख अजय दहालले जानकारी दिए ।

चमेलिया हाइड्रोपावरको नियमित प्रसारण हुन भने अझै केही समय पर्खिनु भएको छ । ड्यामसाइडमा मर्मत कार्य बाँकी रहेकाले डिसेम्बर पहिलो साताबाट मात्रै नियमित विद्युत प्रसारण हुने आयोजना प्रमुख दहालले बताए । उनले अपिहाइड्रो पावरको लाइन पनि केही दिनमै १३२ केभीमा जोडिने बताए ।

अहिलेसम्म अपि हाइड्रोपावरले ३७ केभी प्रसारण लाइनमा विद्युत प्रसारण गर्दै आएको छ । अहिले पन्ध्र पन्ध्र मेगाबाट दुई मेसिन पालैपालो सञ्चालनमा ल्याएर प्रसारण परीक्षण गर्न लागिएको छ । उनले चिनियाँ कम्पनीले सभिल मर्मत कार्य सकिएको सुचना दिए लगत्तै नियमित प्रसारण गरिने उनले बताए । सन् २००७ बाट सुरु भई सन् २०११ को डिसेम्बरमा समाप्त हुने लक्ष्य राखेको यो आयोजनाको तीन पटक म्याद थप गरी सन् २०१७ को डिसेम्बर अन्त्यमा निर्माण सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?