सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
२५ पटक हेरिएको
Shares
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो

सारांश

  • काठमाडौँ ७ साउन।
  • सुनको मूल्य आज (बुधबार) तोलामा एक हजार ३०० रुपैयाँले बढेको छ।
  • मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

काठमाडौँ ७ साउन। सुनको मूल्य आज (बुधबार) तोलामा एक हजार ३०० रुपैयाँले बढेको छ। मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।त्यसैगरी तेजाबी सुनको मूल्य भने ९३ हजार ५६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासँघले जनाएको छ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि एकैदिन तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँ पुगेको छ। नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन मंगलबार पनि चाँदी तोलामा ४० रुपैयाँले बढेर १ हजार ३० रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?