उपनिर्वाचनका लागि नेकपाका यी हुन् उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १८, २०७६
|
|
१८ पटक हेरिएको
Shares
उपनिर्वाचनका लागि नेकपाका यी हुन् उम्मेदवार

सारांश

  • काठमाडौं ।
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार चयन गरेको छ।
  • आइतबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार चयन गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ ।

भट्टराई यसअघि कास्की २ बाट निर्वा्चित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् भने वली सोही क्षेत्रबाट निर्वा्चित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।

बाग्लुङ २ खमा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । धरानमा काँग्रेसले तिलक राईलाई उम्मेदवार बनाएका छ। अन्य क्षेत्रमा भने काँग्रेसले उम्मेदवार तोकिसकेको छैन। काँग्रेसले सोमबार उम्मेदवारी घोषणा गर्ने बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?