दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी

सारांश

  • काठमाडौँ, २१ साउन  ।
  • राष्ट्रिय जनमोर्चाले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयलाई स्वागत गरेको छ ।
  •  पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा जोशीले विगतमा सम्पादन गरेका विवादित मुद्दाका कारण विसं २०७१ मा सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै आफ्नो पार्टीले विरोध जनाएको उल्लेख गर्नुभएको छ ।

काठमाडौँ, २१ साउन  । राष्ट्रिय जनमोर्चाले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयलाई स्वागत गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा जोशीले विगतमा सम्पादन गरेका विवादित मुद्दाका कारण विसं २०७१ मा सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै आफ्नो पार्टीले विरोध जनाएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “समितिले यसभन्दा अघि औपचारिकताका लागि मात्र सुनुवाइ गर्ने गरेको परम्पराविरुद्ध पहिलो पटक आफ्नो अधिकारको सही प्रयोग गरेको छ ।” संसदीय समितिको यो निर्णयले संवैधानिक पदका लागि सिफारिश गरिएका व्यक्तिलाई अस्वीकार पनि गर्न सकिने मान्यता स्थापित भएको विज्ञप्तिमा उल्लेख छ । अयोग्य र गलत शैक्षिक प्रमाणपत्र पेश गरेर राज्यका महत्वपूर्ण ओहदामा रहेका व्यक्तिलाई न्यायको कठघरामा ल्याउनुपर्छ, विज्ञप्तिमा भनिएको छ, “गलत प्रमाणपत्र पेश गरेर वा राजनीतिक पक्षबाट गलत सिफारिश वा दबाबमा राज्यका महत्वपूर्ण ओहदामा नियुक्त भएका भनी शंका गरिएका व्यक्तिको प्रमाणपत्र वा योग्यता छानबिन गर्नुपर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीतल निवासमा आज साढे ११ बजे तीन नयाँ मन्त्रीको शपथ, गृहमन्त्री चयनलाई लिएर आलोचना
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
आज यसरी हुँदैछ प्रदेशसभाको समानुपातिक सिटको बाँडफाँट
आज यसरी हुँदैछ प्रदेशसभाको समानुपातिक सिटको बाँडफाँट
सहिद भीमदत्तको सालिक तोडफोड गर्ने अठार पक्राउ
सहिद भीमदत्तको सालिक तोडफोड गर्ने अठार पक्राउ
मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल
मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु
सगरमाथा पुग्ने पहिलो शेर्पा महिला पत्रकार ?
सगरमाथा पुग्ने पहिलो शेर्पा महिला पत्रकार ?
कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष
कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष

तपाईंले छुटाउनुभयो कि?