अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा बालबालिका घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १, २०७६
|
|
१६ पटक हेरिएको
Shares
अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा बालबालिका घाइते

सारांश

  • बीबीसी।
  • एउटा यात्रुवहाक विमानले लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नु अघि विद्यालयको खेलमैदानमा इन्धन खन्याएको छ।
  •  इन्धन शरीरमा परेपछि कम्तीमा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको छ।

बीबीसी। एउटा यात्रुवहाक विमानले लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नु अघि विद्यालयको खेलमैदानमा इन्धन खन्याएको छ। इन्धन शरीरमा परेपछि कम्तीमा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको छ।

हवाई नियमले आपत्‌कालीन अवस्थामा इन्धन खसाल्न अनुमति दिए पनि उच्च उचाइबाट निश्चित स्थानमा मात्रै त्यसो गर्न पाइने बताइएको छ।डेल्टा वायुसेवाको सो विमानको इन्जिनमा समस्या आएको कारण विमानस्थल फर्किएको थियो।

विमानस्थलबाट २६ किलोमिटर पूर्वमा रहेको पार्क एलिमेन्टरी विद्यालयमा प्रभावित सबै समान्य घाइते भएका हुन्। लस एन्जेलस टाइम्स पत्रिकाका अनुसार इन्धल खसालिएको समयमा दुई वटा कक्षाका विद्यार्थीहरू चौरमा थिए।

विद्यालय रहेको कुडाही शहरकी नगरप्रमुख एलिजावेथ एल्कान्टरले भनिन्: "म ज्यादै दुखित छु। यो प्राथमिक विद्यालय हो र त्यहाँ सबै साना बालबालिका थिए।" डेल्टा वायुसेवाले एक विज्ञप्तिमा विमानले अवतरणको बेला तौल कम गर्न इन्धन पोखेको पुष्टि गरेको छ।

फेडेरल एभिएशन एडमिनिस्ट्रेसनकी प्रवक्त्ता एलेन केनिट्जेरले रोयटर्स समाचार संस्थालाई भने: "हामी यो घटनाको छानबिन गरिरहेका छौँ।" "अमेरिकी विमानस्थलबाट आवतजावत गर्ने विमानका लागि इन्धन पोख्ने सम्बन्धमा विशेष नियम छ।"  "त्यो नियमले समान्यतया उच्च उचाइमा बसोबास नभएको क्षेत्रमा इन्धन पोख्न मात्रै अनुमति दिन्छ।"

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?