नेकपाकाे कार्य विभाजन साेमबार हुने
सारांश
- काठमाडौँ, ९ मंसिर ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ।
- पूर्व निर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुंगो लगाउने निर्णय गरेको हो।
काठमाडौँ, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ। पूर्व निर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुंगो लगाउने निर्णय गरेको हो। केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए।
बैठकले आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुङ्गो लगाउने निणर्य गरेको छ । नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्य रहेका छन । गत जेठ ३ गते पार्टी एकता भएपनि हालसम्म केन्द्रीय सदस्यको कार्यबिभाजन हुन सकेको छैन भने जनसंगठन र जिल्ला कमिटीलगायत स्थानीय कमिटीको एकतासमेत हुन सकेको छैन । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल र नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया