मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि शुरु

सारांश

  • पोखरा, १७ फागुन, ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ ।
  • मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।
  • त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।

पोखरा, १७ फागुन, ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्ममा अर्याल, नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, काङ्ग्रेस नेता यज्ञबहादुर थापालगायतले श्रद्धाञ्जलि दिनुभएको थियो ।
श्रद्धाञ्जलि अर्पण गर्नका लागि हजारौँ सर्वसाधारण लामबद्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?