टोलटोलमा नेता पुग्दा मतदातालाई भ्याईनभ्याई

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
टोलटोलमा नेता पुग्दा मतदातालाई भ्याईनभ्याई

सारांश

  • रौतहट, भदौ २८ – चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवारले प्रचार अभियानलाई तीव्र बनाएका छन् ।
  • रौतहटका १८ वटा स्थानीय तहको ८ सय २१ पदमा ४ हजार ४ सय ५७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
  • स्थानीय तहमा उम्मेदवार बनेकाहरु आआफना क्षेत्रका मतदाताको घरदैलोमा गएर आफ्ना पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

रौतहट, भदौ २८ – चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवारले प्रचार अभियानलाई तीव्र बनाएका छन् । रौतहटका १८ वटा स्थानीय तहको ८ सय २१ पदमा ४ हजार ४ सय ५७ जना उम्मेदवार चुनावी मैदानमा छन् । स्थानीय तहमा उम्मेदवार बनेकाहरु आआफना क्षेत्रका मतदाताको घरदैलोमा गएर आफ्ना पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

ठूला दलका नेतामा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, शहरी विकास मन्त्री प्रभु साह, राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा लगायतका नेताहरु आआफना उम्मेदवारको पक्षमा भोट माग्दै टोलटोलमा पुगिसकेका छन् ।

केन्द्रीय नेतादेखि उम्मेदवारहरु बिहानदेखि रातीसम्मै घरगाउँमा पुगिरहँदा मतदातालाई कुरा गर्न भ्याईनभ्याई छ । सबै मतदाताको एकै चाहना छ – हाम्रो हैन, राम्रो उम्मेदवार चयन गरौं । तर कतिपय राजनीतिक दलको दबाबमा उनीहरु खुलेर लागेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?