चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो

सारांश

  • काठमाडौं।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ।
  • चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले बिहीबार मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ।

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ।

चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले बिहीबार मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ।

४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख एयरलाइन्समध्येको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ।

चीनको ग्वाङजाओबाट हाल काठमाडौंमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो।

चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भने, “तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्नेमा स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ।”

मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे। मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पारे।

साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए। त्यसैगरी, द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नेसमेत बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?
३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
सेयर बजार २९ अंकले घट्याे
सेयर बजार २९ अंकले घट्याे
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता
अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

तपाईंले छुटाउनुभयो कि?