पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु

सारांश

  • जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको ८५ वर्षपछि निर्माण शुरु भएको छ ।
  • विसं १९९१ मा जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलिए पनि अलपत्र परी झाडीमा परिणत भएको उक्त सडकको साँगाबाट पुनःनिर्माण शुरु भएको हो ।
  • पूर्वउद्योगमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा सो सडकको निर्माण कार्य शुरु भएको छ ।

जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको ८५ वर्षपछि निर्माण शुरु भएको छ ।

विसं १९९१ मा जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलिए पनि अलपत्र परी झाडीमा परिणत भएको उक्त सडकको साँगाबाट पुनःनिर्माण शुरु भएको हो । पूर्वउद्योगमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा सो सडकको निर्माण कार्य शुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतले भन्नुभयो, “जुद्ध शमशेरको पालमा निर्माण भई यो सडक यतिका वर्ष अलपत्र रह्यो, हाम्रो पहलमा बल्ल यो सडकले पूर्णता पाउने काम शुरु भएको छ, यो सडक निर्माणसँगै साँगादेखि जोरपाटीसम्म वैकल्पिक सडकको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।”

अरनिको राजमार्ग जोड्ने उक्त सडक आठ मिटर चौडाइ र १.५ किलोमिटर नालीसहितको सडकको निर्माण तथा स्तरोन्नतिको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पुनःनिर्माण प्राधिकरणको रु एक करोड ५० लाखको लागतमा निर्माण भइरहेको उक्त सडक अबको केही महिनामा मै सम्पन्न भई पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

सो सडकको निर्माण सम्पन्न भएपछि काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा हुने सवारी जाम तथा दुर्घटना न्यूनीकरण हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?