पुनर्निर्माण प्राधिकरणका सीईओले पदीय दुरुपयोग गरेको भन्दै चार दलको आपत्ती
सारांश
- १९ असोज, प्यूठान ।
- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.
- डा.
१९ असोज, प्यूठान । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा.गोविन्दराज पोख्रेलले पदीय जिम्मेवारीको दुरुपयोग गर्दै नेपाली कांग्रेसको पार्टी गतिविधिमा सहभागी भएको भन्दै प्यूठानका चार राजनीतिक दलहरुले आपत्ती जनाएका छन् ।
बिहीबार प्रेस विज्ञप्ती प्रकाशन गरेर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले र नयाँ शक्ति पार्टीले यस्तो आपत्ति जनाएका हुन् ।
भूकम्पले क्षत-विच्छेद भएका पीडाहरुमा काम गर्नुको साटो पदका दुरुपयोग, सरकारी स्रोतसाधनको परिचालन गर्दै स्थानीय तह निर्वाचनदेखि संघ र प्रदेशको निर्वाचनसम्म कांग्रेस पार्टीको चुनावी गतिविधिमा सहभागी भएको भन्दै भर्सना गरेका छन् ।
पटकपटक दलित भागवण्डामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, २ पटक पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भएर पदको व्यापक दुरुपयोग र मर्यादा उलंघन गरेको विज्ञप्तीमा जनाइएको छ ।
‘निर्वाचन आचारसंहिता विपरित, सरकारी साधन श्रोतको दुरुपयोग, कानुनको उल्लंघन पदिय मर्यादा कुल्चेर गरिएको कार्य तुरुन्त रोक्न नेपाल सरकारलाई आग्रह गर्न चाहन्छौं ।’ ,विज्ञप्तीमा भनिएको छ, ‘यदि यो विषयलाई गम्भिरता पुर्वक नलिएमा उत्पन्न हुने जस्तो सुकै परिणामको जिम्मेवारी सम्बन्धित पक्ष हुनेछ ।’
पार्टी प्रशिक्षणमा समेत सहभागी
दशैं पर्वको अवसरमा गृहजिल्ला प्यूठान आएका सीईओ पोख्रेल अहिले दशैंका अवसरमा प्यूठान विभिन्न कोटहरुमा लाग्ने मेला, आफन्त इष्टमित्रसँग भेटघाटमा ब्यस्त छन् ।
नेपाली कांग्रेस मार्फत खुला राजनीतिमा आउने सार्वजनिक अभिव्यक्ति दिँदै हिडेका पोख्रेल बिहीवारदेखि प्यूठानको बाग्दुलामा भएको पार्टी प्रशिक्षणमा समेत सहभागी भए ।
बाग्दुलास्थिति एक होटलमा शौचका लागि मात्र गएको र प्रशिक्षणमा सहभागी नभएको उनले दावी गरेका छन् । ‘म अधर्मी मान्छे होइन ।’ ,डा.पोख्रेलले प्रतिक्रिया दिँदै भने, ‘परिवारका सदस्यको साथमा लिएर विदा मनाउन जिल्ला आएको हुँ ।’ आफु कुनै पनि पार्टीको व्यानर, झण्डा मुनि, जुलुसहरुमा सहभागी नभएको उनले दावी गरेका छन् ।
उनी प्राधिकरणको बा १३ च १३२२ नं.को गाडि लिएर प्यूठानका गाउँगाउँ पुग्ने अभियानमा छन् । बिहीवार कोजाग्रत पुणिर्माको अवसरमा उनको जन्म गाँऊ रस्पुरकोटमा लाग्ने मेलामा सहभागी पछि पार्टी प्रशिक्षण र बाँदिकोटको गडिकोट मेलामा सहभागी भैरहेका छन् ।
प्यूठानबाट प्रतिनिधिसभा चुनाव लड्ने
बहालवाला प्रमुख कार्यकारी अधिकृत डा.पोख्रेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने नेपाली कांगे्रस प्यूठानले निर्णयका साथ केन्द्रमा सिफारिस पठाएको पार्टी जिल्ला सभापति अमर प्रसाद भण्डारीले जानकारी दिए ।
Ramesh Wagle
उल्फाकाे धन फुपुकाे श्राद्द