नेम्वाङको निधनमा कांङ्ग्रेसद्वारा दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेम्वाङको निधनमा कांङ्ग्रेसद्वारा दुःख व्यक्त

सारांश

  • काठमाडौँ, २५ पुस ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरीशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ ।
  • काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार विज्ञप्ति जारी गरी ९२ वर्षीय नेम्वाङको निधन भएकामा दुःख व्यक्त गर्नुभएको हो ।

काठमाडौँ, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरीशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार विज्ञप्ति जारी गरी ९२ वर्षीय नेम्वाङको निधन भएकामा दुःख व्यक्त गर्नुभएको हो । नेम्वाङको निधनप्रति काङ्ग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

काङ्ग्रेसका सक्रिय सदस्यसमेत रहनुभएका स्व नेम्वाङले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय नेम्वाङका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?