काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने

सारांश

  • काठमाडाैँ, १३ माघ ।
  •  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ ।
  • केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले माघ २१ गते  ७७ जिल्लामा विरोध प्रदशन  गर्ने निर्णय गरेको हो ।

काठमाडाैँ, १३ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले माघ २१ गते  ७७ जिल्लामा विरोध प्रदशन  गर्ने निर्णय गरेको हो ।

आफुहरुको विरोधका बाबजुद पनि सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले खबरदारी गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनका अनुसार पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गर्ने निर्णय भएको छ । बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?