चार संवैधानिक आयोगका अध्यक्षको नाम अनुमोदन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
चार संवैधानिक आयोगका अध्यक्षको नाम अनुमोदन

सारांश

  • काठमाडौं।
  • संसदीय सुनुवाइ विशेष समितिले समावेशी, मधेशी,थारु र वित्त आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ ।
  • संसदीय सुनुवाइ विशेष समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
काठमाडौं। संसदीय सुनुवाइ विशेष समितिले समावेशी, मधेशी,थारु र वित्त आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ ।
संसदीय सुनुवाइ विशेष समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिव बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा पूर्वसचिव शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीलाई अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।
सिफारिस भएका सबै अध्यक्षसँग आयोग संचालनको अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि चारै जनाको नाम समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले बताए। संसदीय सुनुवाई बिशेष समितिको पछिल्ला बैठकहरु प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गर्दै आएको छ।
संबैधानिक परिषद्को बैठकले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा विभिन्न आयोगका पदाधिकारीको नाम सिफारिस गरेको भन्दै सुनुवाई समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?