इटालीमा दीपिका सामु किन घुँडा टेके रणवीरले ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
इटालीमा दीपिका सामु किन घुँडा टेके रणवीरले ?

सारांश

  • बलिउड नायक रणवीर सिंह र दीपिका पादुकोरको बुधबार इटलीको लेक कोमो शहरमा विवाह भएको छ ।
  • उनीहरुको दीपिकाको परम्परा अनुसार कोकणी रीतिरिवाज अनुसार विवाह भएको हो ।
  • भोली उनीहरुको रणवीरका तर्फबाट आनंद कारज’ परम्पराका आधारमा विवाह सम्पन्न हुनेछ ।

बलिउड नायक रणवीर सिंह र दीपिका पादुकोरको बुधबार इटलीको लेक कोमो शहरमा विवाह भएको छ । उनीहरुको दीपिकाको परम्परा अनुसार कोकणी रीतिरिवाज अनुसार विवाह भएको हो ।

भोली उनीहरुको रणवीरका तर्फबाट आनंद कारज’ परम्पराका आधारमा विवाह सम्पन्न हुनेछ । फरक फरक रितिरिवाज भएकोले उनीहरु दुबैले आ–आफ्नो परम्परा अनुसार दुई दिन नै विवाह गर्न लागेका हुन् ।

बुधबारको विवाह समारोहमा दीपिका सेतो र सुनौलो रंगको साडीमा सजिएकी थिइन् भने रणवीर पनि सेतो पहिरनमा थिए । दुबै जनाको ड्रेस डिजाइन सब्यसाची मुखर्जीले तयार गरेकी थिइन् ।

विवाहको अघिल्लो दिन मंगलबार संगीत समारोह, मेहंदी र इन्गेटमेन्ट भएको थियो । इन्गेजमेन्टमा रणवीरले घुँडा टेकेर दिपिकालाई विवाहको प्रस्ताव राखेका थिए । उनले तुने मारी इन्ट्रिया बोलको गीत पनि गाएका थिए । जुन सुनेर दिपिका निक्कै भावुक भएकी थिइन् । दिपिका भावुक भएपछि रणवीरले उनलाई रणवीरले अंगालो मारेर ढाढस दिएका थिए ।

संगीत समारोहमा भने दिपिका सेतो र रणवीर कालो पहिरनमा देखिएका थिए । समारोहमा गायिका सुभा मुद्गलले गीत गायकी थिइन् । गीतमा ४० जनाभन्दा बढी आगुन्तकहरुले नाचेका थिए ।

उनीहरुले विवाहको विमासमेत गराइसकेका छन् । ओरियन्टल इन्सोरेन्स कम्पनीले गरेको विमामा विवाहको छ दिनसम्म कुनै किसिमको नोक्सानी भएमा विमा कम्पनीले त्यसको क्षतिपूर्ति दिनुपर्नेछ ।

उनीहरुले विवाहको लागि अत्याधुनिक किसिमको काई छापेका थिए । कार्डमा स्पष्टसँग ई इन्वाईट कोड पनि राखिएको थियो । सुरक्षाको लागि भन्दै आएका आगन्तुकले इ इन्वाईट कोड देखाएपछि मात्र विवाह समारोहमा उपस्थित हुन पाइने व्यवस्था गरिएको थियो ।

उनीहरुको मोवाइलको क्यामरा पनि स्टिकर लगाइएको थियो । जसले गर्दा विवाहको फोटो कुनै फोटो सार्वजनिक हुन्छ कि भनेर सावधानी अपनाइएको थियो ।

विवाहको पहिलो रिसेप्सन पार्टी २१ नोभेम्बरमा बैंगलोरमा र दुसरा रिसेप्सन २८ नोभेम्बरमा मुम्बईमा दिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?