सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो

सारांश

  • क्यालिफोर्निया, अमेरिका ।
  • इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजि सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ ।
  • “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन” भन्दै उसले खाता बन्द गरेको हो ।

क्यालिफोर्निया, अमेरिका । इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजि सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन” भन्दै उसले खाता बन्द गरेको हो ।

“एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुनसक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्वलाई एक्सले बुझेको छ”, एक्सका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भने, “आतङ्कवादी सङ्गठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौँ ।”

युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गर्नुभएको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ इयु अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएको थिए । ब्रेटोनले युरोपेली युनियनभित्र अवैध सामग्री र दुष्प्रचारमा एक्सको कथित प्रयोगप्रति चिन्ता व्यक्त गरेका थिए ।

इयुको नयाँ डिजिटल सर्भिस कानूनअन्तर्गत एक्स र मेटाको फेसबुक जस्ता ठूला अनलाइन प्लेटफर्मलाई अवैध सामग्री हटाउन र सार्वजनिक सुरक्षाका साथै नागरिक बहसमाथिको खतरालाई सम्बोधन गर्न सक्रिय उपाय अवलम्बन गर्न आवश्यक छ ।

थिएरी ब्रेटोनले गत सोमबार इजराइलमा भएको हमलापछि आफ्नो प्लेटफर्ममार्फत भएका दुष्प्रचारको सामनाका लागि गरिएका कारवाहीका बारेमा जानकारी दिन मेटा (फेसबुक) लाई पनि २४ घन्टाको समय दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश
अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?
अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?
इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
नेपाली महिला विवाह गरेका अफगानी ‘घुसपैठ’मा सक्रिय
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
चैती छठ पर्व सम्पन्न
चैती छठ पर्व सम्पन्न
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

तपाईंले छुटाउनुभयो कि?