चालु वर्षबाट राजधानीलाई धुलोधुवा मुक्त बनाउने प्रमुख शाक्यको योजना

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२० पटक हेरिएको
Shares
चालु वर्षबाट राजधानीलाई धुलोधुवा मुक्त बनाउने प्रमुख शाक्यको योजना

सारांश

  • काठमाडौं, १९ कात्तिक ।
  • काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानीको पाईपलाईन र सडक विस्तारका कारण काठमाडौंलाई धुवाँधुलो मुक्त सहर बनाउन कठिनाइ भइरहेको दाबी गरेका छन्।
  • मेयर शाक्यले चालू आर्थिक वर्ष भित्र काठमाडौंलाई हिलो र धुलोरहित सहर बनाउन आवश्यक व्यवस्था मिलाइएको दावी पनि गरे।

काठमाडौं, १९ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानीको पाईपलाईन र सडक विस्तारका कारण काठमाडौंलाई धुवाँधुलो मुक्त सहर बनाउन कठिनाइ भइरहेको दाबी गरेका छन्। मेयर शाक्यले चालू आर्थिक वर्ष भित्र काठमाडौंलाई हिलो र धुलोरहित सहर बनाउन आवश्यक व्यवस्था मिलाइएको दावी पनि गरे।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सडक विभाग र मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरेर काठमाडौंलाई धुवाँधुलो मुक्त बनाउन आफूले प्रयास गरिरहेको पनि बताए। मेयर शाक्यले आफूले १७ महिना भित्र काठमाडौं महानगरपालिका भित्र धेरै काम गरेको दावी पनि गरे। आफ्नो जिम्मामा रहेको सहायक सडकको पुनर्निर्माण धेरै गरेको उनको दावी छ।  मेयर शाक्यले सम्पदा पुनर्निर्माणको कामलाई पनि धेरै अघि बढाइएको दावी गरे। उनले रानी पोखरी पुनर्निर्माणको काममा पनि ढिलाई नहुने योजना अघि सारे। पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवश्यक छलफल गरेर रानी पोखरी पुनर्निर्माणको काम सुरु गर्ने मेयर शाक्यको योजना छ। उनले काष्ठ मण्डप र धराहरा पुनर्निर्माणको काम सुरु गरिएको पनि उल्लेख गरे।

मेयर शाक्यले मापदण्ड विपरित बनेको भवनलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए। उनले चालू आर्थिक वर्षमा महानगरपालिकाले सडक पुनर्निर्माण र सम्पदा पुनर्निर्माणको कामलाई जोड दिएको दाबी गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?