चितवनमा माओवादीको अर्को ठूलो भुलः बाँदरमुढे पीडितलाई ज्यानमार्ने धम्की !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
३० पटक हेरिएको
Shares
चितवनमा माओवादीको अर्को ठूलो भुलः बाँदरमुढे पीडितलाई ज्यानमार्ने धम्की !

सारांश

  •  चितवन ।
  • चितवन क्षेत्र नं.
  • ३ बाट प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मैदानमा उत्रिएपछि माडीका बाँदरमुढे पीडित उच्च निगरानीमा परेका छन् ।
 चितवन ।चितवन क्षेत्र नं.३ बाट प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मैदानमा उत्रिएपछि माडीका बाँदरमुढे पीडित उच्च निगरानीमा परेका छन् ।
प्रचण्ड माडी पुग्दा जहिल्यै पनि बाँदरमुढे पीडितलाई उच्च निगरानीमा राख्ने गरिएको छ । आज विहानै माडी पुगेका प्रचण्डलाई बाँदरमुढे पीडितले कालो व्यानर राखेर विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए ।
सुरक्षा संयन्त्र र माओवादीको भातृ संगठन वाईसिएलको उच्च निगरानीपछि उनीहरुले बिरोध प्रदर्शन गर्न सकेनन् । बाँदरमुढे घटना पीडितका अनुसार प्रचण्ड माडी आउनसाथ पीडितहरुलाई सुरक्षा संयन्त्रले घेर्ने गरेको छ ।
स्थानीय स्तरका माओवादीका नेता तथा कार्यकर्ताहरुले पीडितहरुलाई प्रचण्डविरुद्ध बोले मार्ने सम्मको धम्की दिने गरेको बाँदरमुढे घटना पीडित संघर्ष समितिका सह–संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने–“हिजो नारायण दाहालसंग छलफल भएको थियो, छलफलमा दाहालले माओवादीले दिने न्याय स्वीकार्न अनुरोध गर्दा हामी मानेनौं, कानुनले दिने न्याय मात्र हामी मान्न तयार छौं ।”

लगत्तै दाहाल बाहिरिएपछि आफूहरुलाई शसस्त्र र वाईसिएल कार्यकर्ताले उच्च निगरानीमा राखेपछि सबै परिवार त्रसित बनेको बताए । “हामीलाई जहिल्यै पनि डर, त्रास, धम्की देखाउँदा माडीमा बस्न सक्ने अवस्था छैन, सबै परिवार, आफन्त नै चिन्तित छन्”–अधिकारीले भने । अधिकारी बाँदरमुढे घटनामा स्वंम घाईते भएका थिए ।

यस्तै घटनाका पीडितहरुसंग केन्द्रीय नेतृत्वले भेट्न खोजेपनि स्थानीय स्तरका कार्यकर्ताले भेट्न नदिने गरेको बाँदरमुढे घटना पीडित संघर्ष समितिका सदस्य सुदिप न्यूरेले बताए ।

उनले माओवादी (केन्द्र)का स्थानीय नेता, कार्यकर्ताको मानसिकता नै स्थानीय स्तरमै दबाएर राख्न सकिने भएकाले अहिलेसम्म समस्या समाधान हुन नसकेको बताए । न्यूरेले भने–“हामी प्रचण्डसंगै बसेर छलफल गर्न तयार छौं, तर स्थानीय नेता, कार्यकर्ता बाधक बनेका छन् ।”

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Devi Prasad Gurung

    यसकाे अर्थ बाम गठबन्धनकाे २/३ बहुमत अाउने भयाे।विपक्षीहरु अतालिएर यस्ता कुरो गर्न लागे।

    Comment Author

    अनिल ढुङ्गाना

    यस्तो चुनाव को मुखैमा यस्तो हावादारी पोस्ट नगर्नी हो कि?

    Comment Author

    Manoj Lamichhane

    जाडो मा स्याहार पुगेन भने यस्तै धम्कि आउछ? दिनै पर्दैन ? काठमांडू बासी पनी यै समस्या मा छन ? डाक्टर लाइ दशै आ को छ? हरेक बिरामी ले टिको लाउदै दे को छ?

    Comment Author

    Mohan Maharjan

    Hawadari kura hun

    Comment Author

    Sedhai Anjan

    शिखरन्युज ले बाम गठबन्धन बाट पैसा नपायको जस्तो छ …

    Comment Author

    Shyam Shubham Giri

    सक्किने संकेत,निभ्नि वेला को बत्ती,पेट्रोल सक्किएको गाड़ी भ्वाँग परेको हांडी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?