सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
४० पटक हेरिएको
Shares
सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा

सारांश

  • काठमाडौँ ।
  • सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको छ।
  •    पार्टीको महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्।
काठमाडौँ । सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको छ।  
पार्टीको महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्।
सरकारको लगाएको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी गरेको बताएका छन्। 
विप्लवद्वारा जारी विज्ञप्तिमा, चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्द गर्ने र बैशाख ६ गतेबाट प्रधानमन्त्री सहभागी हुने कार्यक्रमस्थल बन्द गर्ने बताईएको छ।
विप्लवको प्रेस विज्ञप्ति 
56971028_2396164963961795_4625288278638067712_n.jpg
asdfasde.jpg

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?