भारत सरकारद्धारा निर्वाचन आयोगलाई ८० वटा उपहार
सारांश
- काठमाडौ ।
- भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारी साधन प्रदान गरेको छ ।
- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगलाई भारतले बिहीबार ८० वटा सवारी साधन प्रदान गरेको हो ।
काठमाडौ । भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारी साधन प्रदान गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगलाई भारतले बिहीबार ८० वटा सवारी साधन प्रदान गरेको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका हुन् । सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद ज्ञापन गरे ।
नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
nimabi
Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi