भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
२३ पटक हेरिएको
Shares
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु

सारांश

  • नयाँ दिल्ली।
  • भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार ५० पुगेको बिहीबार जनाइएको छ।
  • योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

नयाँ दिल्ली। भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार ५० पुगेको बिहीबार जनाइएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गएको २४ घन्टायता भारतमा एक हजार ७१८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ६७ जना रहेको छ। भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ३२४ जना भने उपचारपछि निको भएर फर्किएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २३ हजार ६५१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। बिहीबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ९ हजार ९१५ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन्।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा ३ हजार ४३९ कोरोना भाइरस सक्रमित रहेका छन्।
भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

भारतको राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना
पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
हेर्नुहोस् उपत्यकाका विभिन्न स्थानमा बम विस्फोटका श्रृखंला
हेर्नुहोस् उपत्यकाका विभिन्न स्थानमा बम विस्फोटका श्रृखंला
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण
ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण
Indefinite curfew imposed in Gulariya Municipality in Bardia
सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस
सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी

तपाईंले छुटाउनुभयो कि?