पर्वतमा पहिरोले पाँचवटा घर बगायाे, एककाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
४२ पटक हेरिएको
Shares
पर्वतमा पहिरोले पाँचवटा घर बगायाे, एककाे मृत्यु

सारांश

  • काठमाडाै, २ साउन ।
  • पर्वतको जलजला गाउँपालिकामा मंगलबार राती पहिरोले पाँचवटा घर वगाएको छ।
  • पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ भने झण्डै १० जना घाइते भएका छन्।

काठमाडाै, २ साउन । पर्वतको जलजला गाउँपालिकामा मंगलबार राती पहिरोले पाँचवटा घर वगाएको छ। पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ भने झण्डै १० जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि अञ्चल अस्पताल बागलुङ लगिएको छ।

अविरल वर्षापछि गएको पहिरोले घर बगाउँदा जलजला गाउँपालिका –८, लस्तीका बमबहादुर परियारका छोरा १७ वर्षीय विकास परियारको मृत्यु भएको हो। पहिरोले सो गाउँका चार घर बगाएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए। पहिरोपछि सम्पर्कविहिन भएका ६ जना सम्पर्कमा आएका छन्। उनीहरु सबै घाइते छन्।

पहिरोबाट उच्च जोखिममा परेका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा गएरातीदेखि नै प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतबाट डिएसपी घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। अबिरल वर्षा दबभइरहेकाले पहिरो पीडितको उद्धारमा कठिनाई भएको डिएसपी घिमिरेले जानकारी दिए।

यसैबीच जलजला –८, धाइरिङमा पनि पहिरोले घर बगाउँदा ६ जना घाइते भएका छन्। स्थानीय भिमलाल आचार्यको घर पहिरोले बगाउँदा ६ जना घाइते भएका हुन्। धाइरिङस्थित मिलन चोक प्रहरी चौकीका इञ्चार्ज कृष्णबहादुर नेपालीकाअनुसार घाइतेलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएको छ। पहिरोले पर्वतको मालढुंगा–बेनी सडकखण्ड समेत अबरुद्ध भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?