मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २५, २०७३
|
|
७९२ पटक हेरिएको
Shares
मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी

सारांश

  • मेलम्ची खानेपानी आयोजनाको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी रहेको छ।
  • मेलम्ची खानेपानी आयोजना अन्तर्गत खन्नुपर्ने २७ किलोमिटर सुरुङमा अब ३.
  • ९ किमी मात्रै बाँकी रहेको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी रहेको छ। मेलम्ची खानेपानी आयोजना अन्तर्गत खन्नुपर्ने २७ किलोमिटर सुरुङमा अब ३.९ किमी मात्रै बाँकी रहेको छ।
सुरुङ खन्ने काममा उत्साहजनक ढंगले वृद्धि भएको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले सेतोपाटीलाई बताए।

सुरुङ खन्न बाँकी रहेको ३.९ किमी खण्डमा चार ठाउबाट सुरुङ खन्ने काम भइरहेको छ। सिन्धुदेखि ग्यालथुम्सम्मको २ किमी खण्डमा दुईरितबाट र ग्याथुमदेखि अम्बाथानसम्मको १.९ किमी खण्डमा पनि दुईतिरबाट सुरुङ खन्ने काम भइरहेको छ।

सिन्धुदेखी ग्यालथुमसम्मको ११ सय मिटर खण्डमा कम्जोर चट्टान भेटिएकोले काममा कठिनाइ आएको हो।

‘कम्जोर चट्टान भएको ठाउमा सुरुङ खन्न आवश्यक सामाग्री ल्याउने क्रम सुरु भएको छ। कतिपय सामाग्री आइसकेको छ,’ दवाडीले भने,‘सुरुङ खन्ने कामलाई तीव्रता दिनका लागि हामीले सबै प्रयास गरेका छौं।’

ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता अनुसार नै काम गरिरहेकाले असोजसम्म मेलम्चीको पानी काठमाडौंमा आउनका लागि सुरुङका कारणले नरोकिनेमा आशावादी रहेको उनले बताए।

उनका अनुसार मेलम्चीको मुहानमा बाँध बाँध्ने,ट्याङकी बनाउने लगायतका पुर्वाधारको निर्माणका लागि ठाउँ साँघुरो भएकाले यसलाई विस्तार गर्ने काम पनि भइरहेको छ। त्यसको लागि ९८ मिटर अग्लो चट्टान फोड्नु पर्ने थियो। त्योमध्ये ८४ मिटरको काम सकिएकोले अब १४ मिटर मात्रै बाँकी रहेको दवाडीले बताए।

मेलम्चीको पानी असोजसम्म काठमाडौंमा ल्याउने योजना अन्तर्गत काठमाडौं,ललितपुर र भक्तपुरमा पाइप बिच्छयाउने,पोखरीहरु खन्ने काम भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?