चित्लाङमा लगातार पहिरो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
चित्लाङमा लगातार पहिरो

सारांश

  • संखुवासभा, २९ साउन ।
  • चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ ।
  • अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् ।

संखुवासभा, २९ साउन । चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ ।अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ ।स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्दिरको पर्खाल भत्केको छ ।

सडक अवरुद्ध छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट उक्त विद्यालयमा क्षति पुगेको थियो । विद्यालय पुनःनिर्माणका लागि स्थानीय उद्योगपति कृष्णगोपाल श्रेष्ठले रु ५० लाख सहयोग गर्नुभएको छ । अहिले भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?